शिर्षक मौन भएर बस्याछ ;-)

बिहान उठ्ने बित्तिकै सधै एउटा प्रतिज्ञा गर्ने बानि पर्या छ अचेल अर्थात आज दिनभरिमा केहि न केहि अवश्य लेख्छु
तर बिडम्बना न त देशमा दलहरुले भन्या जसरी  गणतन्त्र देख्न पाइयो न मेरो लेख्ने दिन नै आयो!!!!
आज फेरी सोचे सधै सरकार जस्तो आफैले आफैलाई ढाटेर कति बाच्ने,
कति दिन बिकासको सपना देखेका जनता जस्तै भ्रममा जिएर लेख्ने साइत जुर्ने दिन कुर्ने आफैलाई निरन्तर प्रश्न गरे??
उत्तर न मनले दिन सक्यो न मस्तिष्क दुवै गल्ती गरेका नाजुक प्रेमी जस्तै मौन केबल मौन...
मलाई चिच्याउन मन लाग्यो,
"ए मन केहि त बोल,म कति दिन साइत कुरौ???"
"ए मेरो जुझारु मस्तिश्क तिमि त केहि भन?? केहि उत्तर देउ??"
"तिमि दुइ मिलेर मलाई कति कुराउछौ??"
तर मन मस्तिष्क हर क्षण
मौन ,
मौन,
मौन ,
केबल मौनता मै हराए आफुलाई भने छटपटी,केहि जान्ने हुटहुटि,उत्तर पाउने आश जीवित नै थियो
तर मिल्यो त केबल निराशा,आफै संगको आक्रोश केबल सन्त्रास फेरी प्राप्त हुने असफलताको अनि
बाध्य भएर आफैले आफैलाई फेरी प्रश्न तेर्साए,"के मन मश्तिशले मात्रै सोच्न पर्छ,म आफु किन केहि गर्न सक्दिन??"
"के म उनीहरुको कामदार हु जे भन्यो त्यही गर्ने नत्र केहि नइ??"आफुले आफैलाई लगाएका गम्भिर आरोपको न खण्डन गर्न सके न उत्तर दिन बाध्य भएर मैले नि मनमस्तिष्क पथ अपनाए,
मौन
मौन
मौन
आफै आफै संग मौन रहेर अनि आजको दिन नि आश्वासन मै बित्यो,"भोलि त अवश्य केहि लेख्छु!!"
अवश्य लेख्नेछु आफु भित्रको द्दन्द्द,
मेसेज बक्समा उनले सुनाएकी अनगिन्ती किस्सा
एक्लै सोचेर बिताएका दिन भरिको कहानी
कहिले देश कहिले फाल्तु सोच्ने मष्तिस्कको कथा
ति सिरानी माथि टाउको अनि  मुनि किताब राखेर देखेका भविष्यका दिवा सपनाहरु
साथै
म अवश्य नि लेख्नेछु डिएर कल्याणको मेरो कथामा नसुनाइएका आफै भित्र हुर्किरहेका भर्जिन कथाहरु.....

Comments

Popular Posts