सबैधानिक प्रेमपत्र

माननीय प्रिय,
बहुमतबाट पारित प्रेमको संविधानको भ्यालेन्टाइन धाराको प्रपोज उपधाराको परिधि भित्र रहेर यो बहुप्रतिक्षित प्रस्ताव तिम्रो सामु सम्मानिय यो लेख मार्फत पेश गरेको छु।पछिल्लो समय बहुमतबाट पारित प्रेम संविधानको उत्पतीले हामी बिच केही फाटो अबस्य आएको हो।त्यो फाटोको बिच अरु भमराहरुले सम्बन्ध नाकाबन्दी लगाएर अनेकौ प्रोपोगन्डाले तिमिलाइ आफु तिर तान्ने असंवैधानिक कदम प्रती मेरो सुरु देखी नै गम्भीर ध्यानाकर्षण असहमति रहदै आएको नै थियो।हाम्रो सम्बन्ध कसैको डर धम्की लोभलालचले टुट्ने छैन।तारा झार्ने,पानीजहाजमा देश भित्र घुमाउने,पाइपबाट माया दिने जस्ता स्वैकाल्पनिक वाचा म खान सक्दिन।तर यति पक्कै भन्छु मेरो मायाको देशको शिखर देखि समथल भुमि सम्म,मनमुटु देखि मस्तिष्क सम्म तिमिले केबल माया पाउनेछौ।तिमि पुजाको थाली बोकेर लुम्बिनि जादा होस् या ट्रेकिङ ब्याग बोकेर अन्नपूर्ण क्याम्प मेरो सर्बसम्मत साथ रहने छ।तिमी साडि लगाउदा धोती लगाउने,गुन्यचोली लगाउदा दौरासुरुवाल लगाउने छु अर्थात हामी बिच एकाअर्काको पोसाकमा टिप्पणी हुनेछैन।जातभातको विवाद अन्त्य भएकाले नै यो प्रस्ताव पेश गर्न सम्भव भएको छ।
लेख्न भन्न बाकी कुरा सबै यो पत्रमा सम्भव नभएको हुदा कुनै अर्को संशोधन मार्फत पेश हुने नै छ।
तिम्रो साथ सहयोग सदैव रहनेछ भन्ने आश गर्दै पत्रमा केही असहमति भए नोट अफ डिसेन्टको अपेक्षा गर्छु कुनै असंवैधानिक कदमको होइन।तिम्रा असहमतिमा गम्भीर छलफलबाट तह लगाइनेछ।
धन्यवाद।
उहीँ
म।

Comments