अनगिन्ती नेपालि बिरुद्द बोल्ने सिमाको जन्म हुनुपर्छ

हर दिन नेपाल बिरुद्द बोल्ने अनगिन्ती बिदेशी सिमा सुवेदीको जन्म हुनुपर्छ!!उनीहरुले रातदिन भिडियो बनाउनु पर्छ अनि त्यो नेपालमा भाइरल हुनपर्छ!! हाम्रा देश भक्तहरुले अरु भाषा (मुख्य हिन्दि र भोजपुरी) बोलेकै कारण आफ्नालाई पराइ अनि नेपालि बोलेकै कारण विदेशीलाई आफ्नो देख्न नछोडेसम्म सिमा सुबेदीहरु हाम्रा बिरुद्द रात दिन बोल्नु पर्छ!!!!जब सम्म जुम्ला रोल्पा रुकुम हुम्ला आदि जिल्लाका हरेक दाइलाइ "दाज्यै कता हिड्या हुन्?" भन्दा जवाफमा," आसम सिक्किमका चिया बगान,गोठ बम्वइको होटेलमा आदिमा काम गर्न हिड्या हु" को सट्टा काठमान्डू नेपालगञ्जमा काम गर्न हिड्या हु भन्ने उत्तर आउने अवस्था हुदैन!!!!!! जबसम्म १२ पढ्ने बित्तिकै भए पढाइ र राम्रो काम नभए बरु भाडा नै माझ्छु भन्दै अमेरिका युरोप अस्ट्रेलिया जाने युवाको सपना परिवर्तन हुने अवस्था आउदैन !!!
तबसम्म हाम्लाई हाम्रो औकात स्तर सम्झाइदिन सिमा सुवेदी जस्ताको जन्म भारतमा मात्रै होइन अमेरिका युरोप जहाँ त्यही हुनुपर्छ उनीहरुले हाम्लाई होच्याएर बोलेको भिडियो भाइरल हुनुपर्छ!!उनीहरुको भिडियोलाइ उत्तर दिने नाममा जात ,क्षेत्रियता ,भाषाको आधारमा जनता भाड्ने भडुवाहरु  रात दिन रुनु पर्छ!!!रास्ट्रवाद आफ्नै देशमा एउटा समुदायले अर्को गालि गरेर वा छिमेकि देशलाइ रातदिन सराप्नु होइन देशका हरकोही मिलेर सद्भाव सहितको भावानामा बाड़ेर देशलाइ हर किसिमले त्यो सामाजिक आर्थिक भावना आदिले मजबुत बनाउन आफ्नो क्षेत्रबाट सहयोग गरेर
देखाउनु हो भन्ने शिक्षा सिकाउँन पनि सिमा सुवेदी जस्ताको जन्म हुनु पर्छ उनका भिडियो आवज नेपालिको कानमा पर्नु पर्छ!!!!

Comments

Popular Posts