तैले भविस्य बनाउनु पर्ने छ।


केटो
तलाई मैले
पहिले नै भनेको थिए
तैले रोजेको बाटोमा

एक्लै हिडेर हुदैन
तैले आफु संगै डोर्याउनु छ
हजारौ यात्रुहरुलाइ
बोकेर हिडेको मोटरहरु
लाखौ मानिसका सपनाहरु
तैले बनाउनु पर्ने छ
सामन्ती वर्गले हेपेका
सर्वहारा उक्लने भर्यांगहरु
जसरी
तलाइ सिकाइएको छ
बनाउन
मानिसले
आफ्नो स्वार्थको लागि
बिगारेका नदीमा
Fish ladderहरु
तैले भित्र्याउनु पर्नेछ
खेतखेतमा
बेचिएका महाकाली कोशीका पानीहरु
केटो
त एक्लै छदै  छैनस
तेरो भविष्य संग जोडिएको

समाजका अग्रगामी मार्गका नक्साहरु
अविकसित देशका विकसित सपनाहरु
तैले
जबर्जस्ती भए पनि बनाउनु पर्ने छ
आफ्नो उज्ज्वल भविष्य
जसरी
तलाई जबर्जस्ती
तेरो मोटो किताबमा बनाउन
सिकाइएको छ
पहाड फुटाउन

बाटो बनाउन!!
केटो
तैले केहि बुझ्नु पर्दैन
तर
तैले सबै बुझु पर्ने छ
किनकी
तेरो भविष्य
बुझु र नबुझ्नु बिचको खाडलमा अड्किएको छ!!
जति
पेलिएनी
किचिएनी
थिचिएनि
त मौन बस्नु पर्ने छ!!
तैले पटक्कै बोल्नु हुदैन
यो
पद्धति विरुद्ध
शासक विरुद्ध
त हमेशा मौन बस्नु पर्ने छ!!
किनकी
तैले भविष्य बनाउनु पर्ने छ!!!

Comments

Popular Posts