बलात्कार

दुष्टको कुदृष्टी परेको छ
उनी माथी!!
बाधिएका छन्
उनका
हातहरु खुट्टाहरु!!
बुलेट गतिमा चलेको छ
मुटुको धड्कन!!
छोपिएको छ उनका
नयनहरु!!
लाटो बनाइएको छ
उनलाई!!
मौन हुन बाध्य छ
समय!!
अहो
लाग्दैछ
भोलि पत्रीकाले फेरि
ब्रेकिङ्ग न्युज पाउदै छ!!

Comments

Popular Posts