रातो गुलाफ र रातो मान्छे

प्रिय मान्छे,

केहि वर्ष अगाडि
मैले तिमीलाई भनेको थिए
कि
"रातो गुलाफ" र "रातो मान्छे"
एकै खाले हुन् ।
जसले
तिम्लाइ पटकपटक झुक्याउनेछ।

आफूलाई रातो भन्नेहरुले
तिमिलाइ आफन्त भन्नेछ
र रोप्ने छ छुरी पछाडीबाट।

रातो गुलाफले
तिमिलाई सुन्दर फूल मात्रै देखाउनेछ
हरेक पटक काँडा लुकाएर।

आफुलाइ रातो भन्नेहरु
तिम्लाइ थाहा नदिइ
तर तिम्रै अगाडि
"कालो धन" थुपार्न व्यस्त हुनेछन्।

अनि
त्यो रातो गुलाफ
एकदिन तिम्रै अगाडि ओइलिने छ
र "कालो"हुनेछ।

त्यसदिन
तिमीले मलाई धोकेबाज भनेउ।
म केबल मुस्कुराए।

तिमीले विरोधी भनेउ।
म केबल मुस्कुराए।

तिमीले अन्तर्घाती भनेउ।
म केबल मुस्कुराए।

अनि
तिमिले त्यसबखत नै सोधेउ
म मुस्कुराउनुको कारण?

मैले
केही समय कुर भने
आज
तिमी मेरै
मोर्चामा उभिदै छौ।

प्रिय मान्छे
अब त बुझेउ होला नि होइन ?


Comments

Popular Posts