PCR-test किन बढाउने र सरकारलाई अब हरेक सभ्य र सुरक्षीत तरिका अपनाएर किन प्रश्न सोध्ने??

PCR-test किन बढाउने र सरकारलाई अब हरेक सभ्य र सुरक्षीत तरिका अपनाएर किन प्रश्न सोध्ने;-

१.जति सकिन्छ धेरै टेस्ट गर्ने र कोरोना नदेखिएका जतिलाई अव्यवस्थित क्वारेन्टिनबाट आफ्नो घरमा पठाउने स्थानीय तह संङ्गको,वडा संङ्गको सहकार्यमा जसले के हुन्छ भन्दा क्वारेन्टिनमा संन्ख्या कम हुन्छ व्यवस्थित बनाउन सहज हुन्छ साथै आफ्नै घर गाउँ भएपछि मान्छेहरू बाहिरी मान्छेको सम्पर्कमा कम बस्छ र नयाँ बिरामी थपिने सम्भावना न्यून हुन्छ।

२.PCR किन छिटो गर्ने र संन्ख्या बढाउने भन्दा यहाँ मान्छे मरेपछी मात्रै रिपोर्ट आउन थाल्यो। मान्छेहरु टेस्ट नभएर अव्यवस्थित क्वारेन्टिनमा बस्न बाध्य भए जसले जोखिम र संन्ख्या झन् धेरै बढायो। काम नलाग्ने भनिएको RDT गरेर गाउँ पठाइएकाहरुमा पछि कोरोना देखिन थाल्यो जसले गर्दा गाउँ पुरै संक्रमित हुने अवस्था आयो त्यसैले PCR टेस्ट बढाउने।

३.न्युजिल्यान्ड किन आज शुन्यमा छ किनकी उसले टेस्ट धेरै गर्यो आफ्ना अलपत्र परेका नागरिकहरुलाई विदेशबाट समयमै घर ल्याएर उचित व्यवस्था गर्यो। हामीले समय भएको बेलामा भ्रष्टाचार गर्यौ,केबल लकडाउन मात्रै गर्यौ काम नभएको RDT टेस्ट मात्रै गर्यौ र नागरिक सिमामा र विदेशमा अलपत्र पार्ने काम मात्रै गर्यौ त्यसैले जति सकिन्छ त्यति धेरै टेस्ट गर्ने।

४.हरकोही नागरिक संकटको बेलामा घर आउन खोज्छ र आउन पाउनु पर्छ।नागरिक भनेका केबल एक भोट मात्रै होइनन् राज्यको दायित्व नि हो। संकटको बेलामा काम नलाग्ने सरकार कहिले काम लाग्छ ? सिमामा आएर नागरिकहरु रमाइलो लागेर बसेका होइनन् बाध्यताले गर्दा बसेका हुन् यति बुझ्न आफन्त नै पर्नु पर्दैन कमन सेन्स लगाए नि सकिन्छ।(उनीहरुको अवस्था कस्तो थियो समाचारहरु जति नि छन् मिडियामा हेर्नू होला)

५.सरकार विरुद्ध खबरदारी किन भन्दा सबै सरकारी कर्मचारी र घरमा बसे नि तलब आउने नागरिक छैनन् यो देशमा सानातिना पसल गरेर जिउने, आफ्नै वा अरु केही इलम गरेर बाच्नेहरु छन जसको हालत एकदमै नाजुक भइसक्यो अब ।७५ दिन भन्दा बढी हुँदा सरकारले कुनै सहयोग नगर्ने स्पष्ट योजना बिना नै अझै थुन्ने मात्रै गरेपछि, मान्छेहरु भोकले मर्दा नि सरकारले कविता मात्रै सुनाएपछी बालुवाटारमा गएर थाल ठटाउन बाहेकको विकल्प केही नि छैन र सरकारी सम्पत्ति तोडफोड आगो बाल्ने ढुङ्गा मुढा गर्ने बाहेक अरुलाई आन्दोलन नभन्नेलाई प्लेकार्ड बोकेर शान्तिपूर्ण रुपमा नयाँ तरिकाले गरेको विरोध चित्त नबुझ्नु मलाई सामान्य लाग्छ।

६.लगभग १० अर्ब खर्च भएको हिसाब बाहिर आउने तर नागरिक अझै विदेशमा अलपत्र छन्,भोकले मान्छे मर्न थालेका छन्,नागरिकहरुमा गम्भीर मानसिक समस्याले जरा गाड्ने डर बढेको छ परिणाम आत्महत्या बढेको बढै छ,जागीरबाट निकालिएको कारण आत्मदह सम्म गरेको खबर आउन थालेको छ, अव्यवस्थित क्वारेन्टिनले संक्रमितको संख्या झन् धेरै बढेको छ,काम नलाग्ने भन्ने प्रमाणित भएको RDT सरकारले प्रयोग गर्न छोडेको छैन अझै किन्न अग्रसर भा'को छ आदि कुराले रिजल्ट लगभग शुन्यमा देखिएको छ।

७. सरकारले अझै लकडाउनको विकल्प दिन नसक्नु नालायकीपन,जनताप्रति उदासिनता,उत्तरदायी नबनेको कारण सिवाय केही होइन त्यसैले खबरदारी आवश्यक छ प्रश्न उठ्न आवश्यक छ।

८. महामारी भनेको जनताको सेवा गर्ने अवसर हो भ्रष्टाचार गर्ने होइन भन्ने बुझाउनको लागी खबरदारी आवश्यक छ।

#EnoughisEnough #SanitizeOurGovernment

Comments

Popular Posts