श्री कृष्ण र म

 श्री कृष्ण मेरो बाल्यकालको प्रिय मित्र हुनुहुन्थ्यो।फरक यत्ती हो कृष्ण मेरा अरु साथी जसरी शारीरिक रुपमा जिवन्त देखिनु हुन्नथ्यो।केबल मेरा सपनाहरू,अस्थिर कल्पनाहरुमा प्रकट हुनुहुन्थ्यो।सपनामा हामी बिच घन्टौं कुराकानी हुन्थ्यो,कहिले दुई अन्जान जसरीनै मौन रहन्थेम्।कृष्णलाई जस्तै दूध दहि मलाई नि उल्का मनपर्थ्यो सानोमा आमा दूध दुहुन जादा सङ्गै गिलास बोकेर गइन्थ्यो बाल्टी भरिनु अघि मेरो गिलास नि भरिन्थ्यो,मोहि पारेपछी नौनी ईश्वरको नाममा अर्पण गरेपछी खाने दोस्रो प्राय मै हुन्थे।कृष्ण हेर्न हामी जन्माष्टमीमा राती बाह्र बजेसम्म जाग्राम बस्थेम्।मलाई विश्वास थियो कृष्ण अवश्य देखिनु हुन्छ।सानोमा नेपाल टेलिभिजनले देखाउने कृष्ण लिला छुटाइएन।हजुरामा,आमाले कृष्ण लिलाका अनेकौं किस्सा सुनाउनु हुन्थ्यो म चाख मानेर सुन्थें।अनेकौं किस्साले गर्दा मलाई कृष्ण कहिल्यै पनि भगवान् जस्तो लागेन मलाई सधैं मेरो प्रिय मित्र जस्तै लाग्थ्यो।कृष्ण र मेरा अरु मित्रहरुमा फरक यति थियो कि कृष्ण हजारौं गोपिनिहरु भएर नि केटि बाहेकको कुरा गर्नु हुन्थ्यो।द्वापर युगमा भएर नि जीवन,दर्शन,सत्य,धर्म,भविस्य जस्ता दर्जनौं विषयको ज्ञान बाड्नु हुन्थ्यो ,मेरा अरु मित्र हाइटेक युगमा भएर नि चौबीसै घन्टा केटि बाहेक अरु कुरा गर्दैन्न।श्री कृष्ण मलाई द्वापर युगमा मानवीय जीवनको महत्त्व कस्तो थियो भनेर भन्नु हुन्थ्यो,म अहिलेको मुल्यहिन मानविय जीवनको कथा सुनाउथे।उहाँ नियाउरो अनुहार बनाउनु हुन्थ्यो।म भन्थे,"मित्र तिमी नै दुखी भए यो संसारको अरुका दु:ख कसले हर्छ?"कृष्ण हास्दै ," तिमी छौ नि मित्र।" भन्नू हुन्थ्यो।म फेरि हास्दै भन्थे,"म आफ्नै दु:ख हर्न असमर्थ छु मित्र संसारको दु:ख कसरी सम्भव होला?"

कृष्ण ढाडस दिदै भन्नू हुन्थ्यो,"सक्छु भन्ने आत्मविश्वास सर्वोपरि हो मित्र,तिमी केबल म सक्छु भन तिमी संङ्ग म छदै छु नि।"
म खुसीको आँसु झार्न तत्पर हुन्छु कृष्ण मुसुक्क मुस्कुराउनु हुन्थ्यो।
मलाई लाग्थ्यो कास म संस्कृत जान्थे त कृष्ण संङ्ग घन्टौं शास्त्रार्थ गर्ने थिए। विडम्बना स्कुलमा जल्लादहरुले पढ्न दिएन बाहिर नपढ्न केबल बहाना मिल्यो।

Comments

Popular Posts