मेरो गन्तव्य

 कुनै दिन

तिमिले


पढ्ने छौ गणित

र सोध्ने छौ मेरो मनको क्षेत्रफल 

म मौन बस्ने छु!!


पढ्ने छौ इतिहास 

र सोध्ने छौ मेरो अस्तित्व 

म मौन बस्ने छु !!


पढ्ने छौ भूगोल 

र सोध्ने छौ मेरो गन्तव्य

तब म तिम्रो हात समाउने छु!!

Comments

Popular Posts