मेरो हजुरबा'को देश





सोचे
सोच्दा सोच्दै
बुझे
बुझ्दा बुझ्दै
भोगे
अब त
म ठोकेर भन्न सक्छु
"यो मेरो देश हुदै होइन"
सुगा रटाइमा जबर्जस्ती
हिजो
हजुरबालाइ धोकाइएको "क्रान्तिकारी परिवर्तन"को नारा
आज
मलाई "नवीनतम परिवर्तन"को नाममा घोकाइदै छ
हिजो
"जय देश जय नरेश"
आज
"जय देश जय कुर्सि"
हजुरबाबाट थकान रहित

४६
जनआन्दोलनको
नाममा सहिदको खेति गरियो
म बाट
६३
मधेश
जातको
नाममा सहिदको कारखाना खोलिदै छ
भित्ते पात्रो फेरियो
साल फेरियो
महिना फेरियो
गते फेरियो
तर
पारा फेरिएन
नारा फेरिएन
अर्थात
देश फेरिएन
अनि
म कसरी भन्न सक्छु,"यो मेरो देश हो भनेर"
"यो त मेरो हजुरबा'को देश हो"
त्यही खरको छानाको देश
त्यही चामल भातको लागि मरिमेट्नेको देश
त्यही नुनको लागि हिन्दुस्तानको ढोका पुग्नु पर्ने देश
त्यही रौतहटका लाइ "धोति भैया"

सिक्किमका लाइ "दाइ" भनिने
"अपरिवर्तनशिल"को पर्यायवाची अर्थात "मेरो हजुरबा'को  देश"
पुरानै देशलाइ सोध्न मनलाग्छ,"देश तिमि परिवर्तन हुन् खोज्दा कालो बिरालोले बाटो काटेको थ्यो हो??"
हिजो
हजुरबालाइ
बा'हरुको ३ घन्टे स्कुल टाढा लाग्यो
९ घन्टे पासपोर्ट अड्डा सहित कतार नजिक लाग्यो
आज
बालाइ
छोराको कालिकोटको अफिस टाढा लाग्दै छ
टेक्सासको पेट्रोलपम्प नजिक लाग्दै छ
हिजो
"हामि तपाइको गाउ बनाउछौ",भन्नेले जिते
आज
"तपाइको गाउ हामि बनाउछौ",भन्नेले जिते
विचार पुरानै
तथ्य पुरानै
नेत्रित्व पुरानै
अर्थात्
कार्यशैलीको इतिहास पुरानै
अनि
"देश कसरी नया हुनसक्छ??"
"देश कसरी मेरो हुनसक्छ??"
अह
"यो मेरो देश हुदै होइन"
"यो त मेरो हजुरबा'को देश हो"
परिवर्तनको उदाहरणमा केबल
हिजो
"साइली माइलीका भट्टीमा देशको खाका कोरिन्थ्यो"
आज
"फेसबुक ट्वीटरमा देशको नया नक्शा कोरिदै छ"
भन्नु सिवाय केहि छैन!!
हिजो
"सती बन्दै नारि आफै जल्थीन्"
आज
"दाइजोको नाममा नारि जलाइन्छ"
अनि

कसरी सधै गोर्खा र बुद्द्मा मात्रै गर्व गर्न सक्छु??
कसरी यो मेरो देश हो भन्न सक्छु??
यो त
सतिले सरापेको देश हो!!
"देश तिमीले ढोकामा कागती र खुर्सानी झुण्ड्याउन बिर्सेउ हो??"
हजुरबाले इश्वर सम्झी कहिल्यै दाया थुक्नु भएँन!!!
मैले नसम्झे पनि सधै बाया थुके!!
अचेल
मलाई सोध्न मनलाग्छ
"देश तिमीले दाया थुकेका हौ??"
"देश,तिमीले खादा हात थालमा टेक्थेउ हो??"
देश अब मलाई नढाटिकन भन्देउ त,
"म तिम्रो हुन् नसकेको कि तिमि मेरो?????"


Comments

Popular Posts