बिद्यार्थी आन्दोलन

-सन्दिप ढकाल


जब जब
क्याम्पसका झ्याल ढोका शान्त हुन्छन
वरिपरीका ढुंगाहरु मौन बस्छन
हरेक कुर्सीहरूमा केबल गर्मीको ताप हुन्छ
चारै तिर मौनता सिवाय केहि हुदैन!!
तब तब
एउटा अपरिपक्क निर्णय जन्मिन्छ
ति मौन रहेका ढुंगा आक्रोशमा आउछन
अनि
ति अबोध झ्याल ढोकाका सन्तान टुहुरा हुन्छन
कठै
म छेउमा बसेर बोल्छु
"कठै हिजो मात्रै त्यो सिभिल ल्याबको सिसाले छोरा जन्माएको थियो"
त्यो चिटिक्क परेको कोठा नै उज्यालो बनाउने छोरा
कठै आजै मारियो त्यो अबोध बालक!!
माथिल्लो सज्जावटको कोठा
अनि
ति चारै तिर घुमेर नाच्ने कुर्सि दिदि
कति मजाकी थिइन्
उनको पाटिको बिद्यार्थी नेता जता उनि त्यतै घुम्थिन
जलिछन!!!
आन्दोलनको तापमा कहिल्यै नबिउझीने गरी
कठै!!!!!
कठै !!!
कठै!!!

Comments

Popular Posts