डा.केसी "हाम्रो" युद्द हारुन

    सोच्छु
    अब
    डा.केसी "हाम्रो" युद्द हारुन
    अनि
    गज्जब हुनेछ ...
    स्वस्थ्य क्षेत्रले अग्रगामी छलाँगं मार्नेछ
    सेयर बजारमा नया नया उधोग जन्मिनेछ
    फार्मेसीका साइनबोर्ड "मेडिकल कलेज"मा रुपान्तरण हुनेछ
    हिजोका चोकका
    हरेक किराना पसल भोलि O.P.D.बन्नेछ
    सिटामोलका हरेको गोटी संग बिरामीको घरखेतको लालपूर्जा साँटिनेछ
    मेडिकल राजस्वले सिमा नाघ्ने छ
    तपाई यति मात्रै परिवर्तन हुन्छ भनेर
    नसोच्नुस
    पटक्कै नसोच्नुस
    अझ धेरै आधुनिकवादी परिवर्तन देख्न पाइनेछ
    डाक्टरका सर्टिफिकेट
    हाटबजारमा लिलामीका लागि राखिनेछ
    ६० लाख
    ७ ० लाख
    ८० लाख
    हुदै
    करोड एक
    करोड दुइ
    करोड तिन
    भन्दै
    ब्यापारीको छोराले बाजी मार्ने छ
    किसानको entrance टपर छोरा पहिलो राउण्ड बाटै फालिनेछ
    मेडिकल कलेजले
    Youtube को Video देखाएर "सुयोग्य" डाक्टर जन्माउनेछ
    अनि
    डन्डीफोर आउँदा पिशाब जाँच हुनेछ
    पेट दुख्दा घाटिको अप्रेसन हुनेछ
    अनि त बडो गजब हुनेछ
    करोडको लगानी हजारको कमाई
    नव डाक्टर आत्तिनेछ
    परिणाम स्वरूप
    देशले नया निजि अस्पताल नामक "उधोग" पाउनेछ
    हो
    त्यसैले डाक्टर केसी हार्नु पर्छ
    परिवर्तनको लागि भए नि डाक्टर केसी हारुन.....

Comments

Popular Posts