डाक्टर केसी पागल हुन्

जरुर
डाक्टर केसी पागल हुन्
एक ज्यान करोडौको सपना
एक ज्यान करोडौको स्वास्थ्य
एक ज्यान करोडौको आशा
एक ज्यान करोडौको भविस्य
लिएर
कसरी हास्दै बाच्न सक्छ??
कसरी विधिको शासन नभए मर्छु भन्नसक्छ???
कसरी जल्लादहरु बिरुद्द एक्लै लड्न सक्छ??
कसरी हाइटेक माफियाहरु बिरुद्द बोल्नसक्छ???
साच्चै डाक्टर केसी पागल हुन्
लाखौ नौजोवन
बिन्दास जिन्दगी जिएर बसेको बेलामा
अमेरिका युरोपको सपना देखिरहेको बेलामा
सामाजिक सन्जालमा झुमिरहेको बेलामा
बेकार
एक
सत्तरी बर्षे बुढो
न उसको बाच्ने उमेर धेरै छ
न उसले  बिहे गरेर परिवार बनाएको छ
किन बौलाउनु परेको??
किन चिच्याउनु परेको??
किन भोकै बस्नु परेको??
किन हाम्रो वर्तमान र भविस्यको चिन्ता गर्नु परेको??
साच्चै बुढा पागल नै हुन्!
वेश्यालय सदन (दुख्यो भनेर जति चिच्याए नि नसुन्ने)
नाटकघर सिहदरबार (जस्तो मुद्दा नि सहज लिने)
बेवारिसे मुर्दा प्रतिपक्ष (भए नभएको सार हिन)
सबै तै चुप मै चुप हुदा
सबै मस्त सुतिरह्दा
जनताले चुनेका
जनताले मानेका
कसैलाई चिन्ता नहुदा
बुढालाइ बेकारमा
किन टाउको दुखाउनु परेको??
किन आफ्नो निद्रा बिगार्नु परेको??
किन आफ्नो ज्यान फाल्न तयार हुनु परेको??
भन्ने ब्यक्ति सही थिए
डाक्टर केसी पागल नै हुन्
आफ्नो बाहेक अरुको लागि सोच्ने पागल नै हो
करोडौको लागि आफ्नो ज्यान दाउमा राख्ने पागल नै हो
करौडौको स्वास्थ भविस्यको लागि मर्छु भन्ने पागल नै हो!!
ए सरकार
डाक्टर केसिलाइ राख्न पागलखाना
बना
तर
डाक्टर केसी एक होइनन्
करौडौ छन

निरन्तर जन्मिन्छन
अब सरकार
हाम्लाई भनिदे
"कति जना अट्ने पागलखाना बनाउछ्स???"



Comments

Popular Posts