सपना

बा'को सपना
आमा'को सपना
दिदी भाइको सपना
आफन्तहरुको सपना
छिमेकीहरुको सपना
हुन नसकेका प्रेमिकाहरुको सपना
हुन सक्ने प्रेमिकाको सपना
स्कुल कलेजका मास्टर सा'पहरुको सपना
अनि
आफ्नो सपना
त्यसैले भन्न मन लाग्छ
जिन्दगी सपनाहरुको ककटेल हो !!
पचाउन नसक्नेहरु वान्ता गरेर मर्छन !!

Comments

Popular Posts