भ्रमित खुशी

सपनाहरु
कर्तव्यहरु
भावनाहरुको
चाङले चेपिएर
अधिकारहरु
सहानुभूतिहरु
आशिर्वादहरुको
'कथित' बन्धनले घेरिएर

चौतारीमा
आफ्नो मृत्यु कुरिरहेका
कुप्री बा'को उमेर संङ्ग
आफ्नो उमेर दाजेर
मख्ख पर्दैछ
सायद
उसले भुटेका मकै घाटिमा अडेकेर
मरेका मान्छेहरुको समाचार पढ्दैन !!

Comments