रास्ट्रवाद र कोरोना

आफ्नो कर्तव्य पूरा गर्दै नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिनु सबैको नागरिकको कर्तव्य हो।अब आफ्नो भुमि फिर्ताको साथमा नक्सामा परेका गाउँका हामिहरुले विगतदेखी "अनागरिक" बनाएका नागरिकहरुलाई "आफ्नो देश नेपाल, म नेपाली" भन्ने आभास दिलाउनुपर्ने अर्को चुनौती हामी संङ्ग छ त्यसको लागि एक मात्रै विकल्प अनेकौं तरिकाले गरिने कुटनैतिक र राजनीतिक पहल हो।

नक्सा आएपछि कुटनैतिक डेलिगेसन,वार्ता अन्तर्राष्ट्रियकरणको जिम्मा परराष्ट्रलाई दिने र अरु शक्ति कोरोना नियन्त्रणमा लगाउनु पर्ने सरकारको दायित्व,कर्तव्य र अनिवार्यता हो,हुनुपर्छ तर भएको छैन।यहीँ भन्दा धेरैले गाली खाइरहेका छन् तर मलाई नि भन्न मन लाग्यो,"सिमा बचाउन आफ्नो ज्यानको प्रवाह नगर्ने नागरिक रहे, आफ्नो देश रहन्छ,रास्ट्रवाद रहन्छ।" कोरोनालाई रास्ट्रवादको मात्रै स्टन्टले जित्न सकिन्न।देशको माटोको माया सबैलाई छ र हुन्छ।

रविन्द्रनाथ टैगोरले भनेका थिए,
“Nationalism is the training of a whole people for a narrow ideal, and when it gets hold of their minds it is sure to lead them to moral degeneracy and intellectual blindness….. What is worse, this aberration of a people decked with the showy title of patriotism.”
Also
"Nationalism is a cruel epidemic of evil that is sweeping over human world of the present age eating into its moral vitality"

त्यसैले अब रास्ट्रवादको न्यानोमा रमाउने काम मात्रै गर्ने तर कोरोना विरुद्ध नलड्ने हो भने स्थिति भयावह हुनेवाला छ र संकेत देखिन थालिसक्यो। लड्नुको अर्थ लकडाउन गरेर जनता थुन्ने मात्रै होइन जनताको स्वास्थ्यको सुरक्षा गर्दै स्वास्थ्य,आर्थिक,सामाजिक लगायतका हरेक क्षेत्रहरुलाई रणनीतिक र प्रभावकारी योजनाहरु सहित अगाडी बढाउने हो।लकडाउन विकल्प हो तर लकडाउन निर्विकल्प होइन।विभिन्न अध्यायनले कोरोनाको अन्त्य हुन वर्षौ लाग्न सक्छ,नहुन पनि सक्छ जस्ता प्रक्षेपण गरेको छ अर्थात हामी संङ्ग कोरोनासंङ्ग अनेकौं सजकता अपनाएर लड्नुको साथमा दैनिक जिवनयापनमा फर्किनु बाहेको विकल्प अब छैन ।

लकडाउनको सुरुवाती दिनमा भारतिय नाकामा थन्काइएका नागरिकलाई देशमा ल्याएर स्थानीय निकायको अगुवाइमा आ-आफ्नो क्षेत्रमा अझ घर मै क्वारेन्टाइनमा राख्न र टेस्ट गर्न पहल गरेको भए हामी कोरोनासंङ्गको लडाइँमा धेरै गुना अगाडी हुन्थेउ तर हामी लकडाउनलाई कर्फ्यु बनाउन तिर लागेउ नालायकीपन छोप्ने अनेकौं हतकन्डा अपनायौ तर भुमिको सुरक्षामा जिन्दगी बिताएका तर महामारीमा देशले आफ्नो नागरिक भन्ने बिर्सेका सिमापारी थुनिएकालाई सुरक्षीत रुपमा देश ल्याउन एक रति ध्यान दिएनौँ किनकी उनिहरु भुपीले भनेको जस्तै

"म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ"

हुन् ।

नागरिकलाई केबल चुनावी भोटको रुपमा लिएपछी भविस्यमा सत्ताको दु:खद दुर्घटना हुनसक्छ भन्ने शासकहरु किन सोच्न सक्दैनन् ?

किन बिर्सन्छन "हाम्रो" अर्थात नागरिकहरुको अस्तित्व चुनावमा मात्रै देखिने होइन?
किन भुल्छन् २०४ वर्ष शासन गरेको तन्त्रलाई १९ दिनमा फालेका हामीहरुले हिजो उदाएका छोटा महाराजहरुलाई फाल्न २४ घन्टा पनि नलाग्न सक्छ भन्ने तितो यथार्थता?

किन बिर्सिन्छ्न् थवाङीले भोली भन्न सक्छ तलको कविता,

"मैले
छात्तीमा तेर्साएको बन्दुकलाई
चुनौती दिदै
लडेर
"हाम्रो लागि" भनेर ल्याएको
गणतन्त्रमा
शासक बनेका
तिमी
आज महलमा छौँ।

बन्दुकले प्वालैप्वाल बनाएको
भुकम्पले चर्काएको घरमा छु।
"हाम्रो लागि" केबल भ्रम रैछ।
होस् गर
ल्याउन सक्ने
मैले
"तिम्रो गणतन्त्र फिर्ता पठाउन नि सक्छु।"

यो शासन काठमाडौको दरबारमा सशस्त्र सुरक्षामा बसेकाहरुलाई "हाम्रो" लागि हो भनेर किन सम्झाउन पर्छ पटक पटक?

वर्षौ देखि देशलाई रेमिटेन्सको भरमा धानिरहेकाहरुले हामी र सरकारलाई गुन तिर्ने एउटा अवसर पनि हो कोरोना कहरले निम्त्याएको संकट र यसबेलामा देश फर्किन चाहने र मुख्यत संकटको अवस्थामा विभिन्न देशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश ल्याउने,टेस्ट गर्ने र सुरक्षित रुपमा घर पुर्याउने वातावरणमा सिर्जना गर्ने हाम्रो कर्तव्य पनि हो ।देख्दा भयानक देखिएनी हरेक स्थानीय तहले आफ्नो क्षेत्रको नागरिक आफुले हेर्ने व्यवस्था मिलाउन सके गाह्रो केहिपनी छैन।हामी संङ्ग पैसाको कमि होइन केही दिन अघि कतै पढेको थिए कोरोनाको लागि भनेर मात्रै १.५  खर्ब भन्दा धेरै पैसा जम्मा भैसकेको छ हामी संङ्ग कमी छ त इच्छाशक्ति र नेतृत्वदायी भूमिकाको। अहिले देखाउन नसकिने नेतृत्व भोलीको दिनमा देखिन्छ भनेर आशा कसैले नि गर्दैन सरकार।

दार्शनिकहरु बारम्बार भन्थे ,"शासकले आफ्नो असली क्षमता संकटको बेलामा धेरै देखाउन सक्छ।"
तर हाम्रा शासकहरु पटकपटक फेल किन हुन्छन् ?
किन सिक्दैन् विगतको असफलताहरुबाट पाठ ?
किन बिर्सन्छन् आफ्नो विगत ?

Comments

Post a Comment

Popular Posts