तिम्ले भनेउ, मैले भने।

तिमिले मेरो लागि तारा झार्न सक्छौ भनेउ,
मैले कुन तारा भने,तिमिले चिनेको एउटा तारा थियो सुर्य त्यहीँ भनेउ,मैले मलाई आगोले पोलेको तिमी हेर्न सक्छौ भने,तिमीले नियाउरो अनुहार लगाएर सक्दिन भनेउ,त्यसो भए सुर्यले मलाई खरानी बनाएको कसरी सहन सक्छौ भनेर प्रश्न गरे।तिमी अङ्गालोमा आएर रोयौ।

मैले गोजिबाट रुमाल झिके र तिमिलाई दिए तिमिले चाहिदैन भनेर फाल्दियौ,मैले टिपे र आफै आँसु पुछिदिए,तिमी अङ्गालो छोड्ने सुरमा थिएनौं।मैले सोधे कहिलेसम्म बस्छौ अङ्गालोमा,तिम्ले भनेउ जिन्दगीभर,मैले हाँस्दै तिम्रो गाला थपथपाए,तिमी मलाई हेरेर मुस्कुराएउ।

हेरिरहेउ,हामी एकाअर्काको परिपुरक हौ भनेर तिम्ले सोधेउ,होइन एकाअर्काका सारथी हौ मैले भने,बिमती जनायौ र भनेउ मलाई तिम्ले देखाएको बाटोमा पछिपछि हिड्नु छ, तिमिलाई म सङ्गै हिडाउनु छ मैले भने,मलाई तिम्रो सपनाहरुमा आफू देखिनु छ तिम्ले भनेउ,मलाई यथार्थमा सधैं तिमी देख्नु छ मैले भने।

यथार्थ देखि मलाई डर लाग्छ तिम्ले भनेउ,डर भ्रम हो यथार्थ सत्य हो मैले भने,सत्य तितो हुन्छ तिम्ले भनेउ,त्यसैले मलाई करेला र तिमी दुबै मनपर्छ मैले भने,करेलाको तितोपन पकाउन जाने हटाउन सकिन्छ तिम्ले भनेउ,तितो पन बिना करेला "करेला" जस्तो रहदैन जसरी तिमी बिना म "म" रहन्न मैले भने।

समाजदेखि पनि डर लाग्छ तिम्ले भनेउ,समाज हामीले नै बनाएका हौ मैले भने,गोलाबारुद नि हामिले नै बनाएका हौ तिम्ले भनेउ,जिन्दगीमा अपवादहरु स्विकार्न सक्नुपर्छ मैले भने,मलाई हारदेखि पनि डर लाग्छ तिम्ले भनेउ,होइन तिमिलाई स्वयम् देखि डर लाग्छ पहिले आफैलाई जित अनि अरु डर हराउँछ मैले भने।

उनले आफैलाई जित्न सकिन्न अर्थात डर विजेता घोषित भयो अनि "हामी" पराजित भयौँ। आज "म" छु, "उनी" छिन् तर "हामी" छैनौं।

समाप्त ।

Comments

Popular Posts