उ अर्थात उनि

धेरै पहिले
अनि पटकपटक
सोधेकी थिइ उसले
जिन्दगीको अर्थ?
उत्तर दिन मन थियो,"तिमी केबल तिमी"
तर सकिन।
"तपाई किन जन्मिनु भा'को? भन्दै
म जन्मिनुको रहस्य?"
उत्तर दिन मन थियो "म तिम्लाइ पाउन जन्मिएको"
तर सकिन ।
अनि
"तपाई किन बाच्नु भा'को? भन्दै
म बाच्नुको सार??
भन्न मन थियो,"तिम्रो हुनको लागि बाचेको"
फेरि पनि म मौन रहे।
मलाई व्यंग्य हान्दै उसले
यो पनि सोधेकी थिइ
इन्जिनियरबाट कविता कसरी लेखिन्छ??
भन्न मन थियो,"बिम्ब प्रतीक सबै तिमीमा भेट्छु अनि आफै लेखिन्छ कविता"
तर म मौन नै बसे।
म निरुत्तर "अवाक" भएको थिए
मैले हरेक पल्ट लाटी भन्ने "बाठी" का प्रश्नहरु सुनेर।।
उत्तर त दिनु नै थियो
उसले पनि त मलाई उत्तर नलिइ पक्कै छोड्दिन थि

ट्याक्कै मेरि आमा जस्तै जिद्दी छे
बिरामी हुदा त्यो नमिठो जाउलो
छ्या खान्न भनेर झगडा गर्दा नि
मलाई मेरि जिद्दी आमाले जबर्जस्ति खुवाउनु हुन्थ्यो
अनि
उ उत्तर दिन्न भन्दा नि जबर्जस्ति उत्तर खोजिरहेकि छे
त्यसैले त मलाई उ फिटिक्कै मन पर्दिन।
अनि म मन मनै भन्छु
छ्या कस्तो "जिद्दी केटि"

मेरि दिदी जस्तै घमन्डी छे
बुबाले गाली मलाई गर्नु हुन्थ्यो
खाना मेरि दिदिले खान्थिन।
अनि

मेरो रिस
कहिले
फेसवुकलाई  पोख्छे
"डिएक्टिभेट" गरेर
कहिले
उत्तर नपाए सम्म मेसेज रिप्लाई नगर्ने अड्डि कसेर बस्छे
त्यसैले त उ मलाइ फिटिक्कै मन पर्दैन।
छ्या कस्तो घमन्डी केटि।

मेरा साथिहरु जस्तै अविश्वासी छे
चौबीस घन्टे फेसबुकको च्याटले
डबल बनाउन नसकेको मलाइ
केही बेर बाटोमा आँखा जुधेको
उनीसङ्ग कहिले देखि चक्कर चल्यो भनेर सोध्छन्?
अनि

जन्मजात सिङ्गल मलाइ
Ex को बारेमा सोधेर हैरान बनाउछे
छ्या कस्तो पागल केटि
साच्चै
उ जिद्दी छे
उ घमन्डी छे
उ पागल छे
तर
म अचम्मित हुन्छु
उ किन सुन्दर छे?
मन्त्रमुग्ध पार्ने खाल कि छे
उ अर्थात उनि
उ न गुलाफ जस्तै छे
उ न जुन जस्तै छे
उ त केबल उनी हो
केबल
उनी जस्तै छ।

Comments

Popular Posts