Happily Friendzoned

प्रिय
तिमी मेरि कहिल्यै नहुन।
म तिम्रो कहिल्यै हुन्न।
तिमी तिम्रो हुनु।
म मेरो हुन्छु।
मलाई
तिमी
म बाट खोसिन्छौ कि भन्ने डर नहोस्
तिम्लाइ
म बाहेक अरुको हुनु पर्ने पीडा नहोस्
म सधै
तिम्रो मुस्कानमा फिदा भइराख्छु
तिमी मेरो मेसेज र ब्लग पढेर मुस्कुराइ रहनु
आउ अब हामी
केबल हामी बनौ।
तिमी र म"'मा व्याकरणको प्रयोग नगरौ
विभक्ती नजोडौ!!
अनि
तिमी आफू हुनु।
म आफू हुन्छु।
तब
तमाम अन्तद्वन्द्व त्यागौ!!
अनि
अन्तर्मन देखि
सुइकारौ
कि
"म तिम्रो लागि योग्य छैन"

"तिमी मेरो लागि योग्य छैनौ"
मिलेर सुनौ
पुराना लोकगित
मन पर्दैन भन्छौ भने
तयार छु
सुन्न
script को break even
तर मनमनै
गाउने छु
Shawn को "I know I can treat you better"
साट्न छोड्दिउ
अब John Green,चेतन भागत'का प्रेमिल
किताबका PDF हरु
अनि
साट्न सुरु गरौ Friends,Big Bang theory का
episode हरु
अनि
नयाँ शिराबाट सुरु गरौ
हाम्रो कहानी!
आउ
छुट्टिने बेलामा
अब
तिमी साथी भन
म हजुर भन्छु!!
फेरि
म साथी भन्छु
तिमी हजुर भन्नू!!
अनि
मिलेर लेखौ
नयाँ कविता
अनि
दिउ टाइटल
"Happily Friendzoned"

Comments

Popular Posts