पल्पसा

पल्पसा,
तिमिलाइ नाम कै सम्बोधन!!
भन्न त सक्थे तिमिलाइ प्रिय वा दिन सक्थे अरु किनै उपमा
तर तिम्रो नाम नै जादुमय छ त्यसमा कुनै विशेषण लगाउन आवश्यक ठान्दिन।थाहा छ तिमी यी नाथे शब्दहरुमा विश्वास पटक्कै गर्दिनौ मैले जस्तै।मलाई नि कत्तिपनी विश्वास लाग्दैन यी मन मुटु विहिन शब्दहरुमा कसम!!
मलाइ अचम्म लाग्छ किन मान्छेहरु यी सास विहिन जीवन विहिन शब्दहरुको पछि लाग्छ्न??
साच्चै तिम्लाइ कस्तो लाग्छ??
जे पायो त्यही हुन है यी शब्दहरु ;)
तिमी संगका हरेक भेटहरु,बिताएका पलहरु मलाइ बेकार लाग्छन् त्यति मात्रै होइन तिमि मलाई कत्ती पनि खास लाग्दिनौ।पटक्कै लाग्दिनौ।मलाइ कहिलेकाही लाग्छ म बेकारमा गोवा पुगेछु!! तिमी बेकारमा भेटियौ!!तिमिलाइ बेकारमा तिमी भिजिरहेको किताबको त्यो लेखक म हो भनेर नि बेकारमा भनेछु!!हेर त अहिले पनि म बेकारमा झुट बोलिरहेको छु।मैले तिमिलाइ भनेको थिए तिम्रो नाम आउने बित्तिकै  मेरो जिब्रो आफ्नो ठाउँमा रहदैन।मलाइ जे पायो त्यही बोल्न मन लाग्छ!!जे पायो त्यही सोच्न मनलाग्छ।
तर हरेक बोलाइ हरेक सोचाइमा किन तिमी आउछौ,हं?
कहिलेकाही त तिमी मेरो ग्यालरीको क्यानभासमा पनि आउछौ।
तिमी किन मलाइ पछ्याइरहेकी छौ हं??
साच्चै भन त यो मलाइ के भयो??
तिमी मेरि को हौ??
to be continued...

Comments

Popular Posts