मानवता

आमा भन्नू हुन्थ्यो
:-
मानवताले
भूगोल हेर्दैन
जात हेर्दैन
भाषा हेर्दैन
केवल मानवीय धर्म हेर्छ।
तर
आज
समाचार पढिरहदा
संसारको मौनता हेरिरहदा
आफुलाइ मानव हु भनिरहदा
मलाइ सोध्न मन लाग्छ
:-
आमा
तिमिले
मलाई किन गलत पढायौ??

Comments

Popular Posts