"म देश खोज्न निस्किएको छु!!"

झरिहरुको उपद्रो बिचमा
मलाई अचानक
मेरो देश खोज्न मन लागेको छ!
त्यसैले म निस्किएको छु
एउटा गन्तव्यहिन यात्री सरह
र आइपुगेको छु
अनगिन्ती पहाडहरुको बिचमा
अर्थात बन्दिपुरमा!!

होमस्टेका बार्दलिहरुबाट नियार्छु

मेरो देश
यी पहाडहरुका बिचमा रहेका घरहरुमा देख्छु!!
थानि माइको भिरमा सजिरहेका सल्ला'हरुमा देख्छु!!
चिरबिर चिरबिर कराइ रहेका चराहरुमा देख्छु!!
मीठो भाकामा सुसेलि हालिरहेका गोठालाहरुमा देख्छु!!
म अचम्मित हुन्छु
मनमनै भन्छु
अहो म वर्तमानमा आइपुग्दा नि
मेरो देश त अझै भुतकालमा रैछ!!
मेरो देश अझै भुपिको युगमा रहेछ!!
आफैलाइ प्रश्न गर्न मन लाग्छ
साची म त देश खोज्न हिडेको हु कि देख्न?
म आफैलाइ आफू नै भन्छु,
"देख्नु र भेट्नु फरक कुरा हो!!"
देश देखिएका ठाउँमा मैले पटक्कै देश भेटिन!!
तर
देश भेटिएका ठाउँ मैले हरेक चोटि देश देखे!!
म यी बन्दिपुरका हरेक पथका ढुङ्गाहरुमा देश भेटिरहेको छु!!
म कलिला नानिहरुको आखामा देशको भविस्य भेटिरहेको छु!!
पुरातन घरहरुमा ढुङ्गे छानामा देशको इतिहास,वर्तमान र भविस्य भेट्छु!!
तर पनि
म अन्योलग्रस्त छु
कि
मैले देखेको र भेटेको देश
साच्चै मेरो देश हो??


(बन्दीपुर अक्षरयात्राको क्रममा लेखिएको)

Comments

Popular Posts