काठमाडौमा एक दिन पुरा नहुदा.....

प्रिय शिवानी सिह थारु,
सानो हुँदा कुनै एक कार्यक्रममा खुब पिरिम बसेको थियो र कार्यक्रमको नाम थियो "कथा मीठो सारङ्गिको" तपाईंको नाम त्यसबेला देखि सुन्दै आए!! मलाइ अहिले सोच्दा अचम्म लाग्छ मलाई त्यो कार्यक्रम किन त्यति धेरै मन पर्या होला?तपाईको नाम संङ्ग एक प्रकारको पिरिम परेको थियो भन्दा नि हुन्थ्यो कुनै नाटकको अन्त्यमा लेखन होस् या कलाकारमा शिवानी सिह थारु भनेन भने मलाई पटक्कै मन पर्थेन एकदम खल्लो लाग्थ्यो!!यति मनपर्ने संचारकर्मि वा लेखिकाको अनुहार मैले पहिलो पटक लिटेचर फेस्टिबलमा देखेको भन्दा धेरैले नपत्याउलान!!यी तमाम भुमिका किन जोडेको भन्दा तपाईं द्वारा लिखित पुस्तक पढ्न म कति आतुर थिए होला भन्न खोजेको मात्रै हो!!"काठमाडौमा एक दिन" पढ्न सुरु गर्दा एक प्रकारको छुट्टै फिलिङ्ग थियो त्यस्तै फिलिङ्ग जति बेला मलाई पारिजात पढ्दा आउथ्यो वा विपि पढ्दा आउथ्यो!!किताब पल्टाए अलिखित बाट सुरु गरे पाना पल्टिदै गयो मलाइ लेखनीको भाषा शैलि लेखेर दिक्क लाग्दै गयो!!एक पटक त किताबले आफू तिर तान्ला भनेर म पढ्दै गए तर किताबको बिचमा पुग्न मलाइ हप्ता दिन लाग्यो अब त अत्ति भो भनेर मैले किताब पढ्न त्याग्दे कुनै दिन मन लागेर पढौला भनेर!!
अरुले कति समय तपाईंको किताब कुरे मलाई थाहा भएन तर मैले कथा मिठो सारङ्गिको अन्तिममा तपाईको नाम जतिबेला सुनेर सम्झिन थाले त्यसबेला देखि कुरेको हु भन्दा फरक नपर्ला!!मेरो सुझाव तपाईले जति अग्रेजि साहित्यको भाषा शैली लेखन शैलिको व्याख्या गर्नु हुन्छ जुन तरिकाले पढ्नु हुन्छ नेपाली नि त्यही शैलीले पढ्नु होला!!किताबले उठाएको विषयमा मेरो कुनै गुनासो छैन तर लेखन शैली तपाईंले आफ्नो लागि मात्रै होइन कि हामी पाठकको लागि नि सोचेर लेख्दिनु होला!
उहि,
काठमाडौमा एक दिन पूरा गर्न नसकेको तपाईंको बाल्यकाल देखिको शुभचिन्तक!!

Comments

Popular Posts