लघुकथा

सधैं झै आज पनि उसलाई काम गर्ने जागर पटक्कै छैन!!
पिढिमा बसेर अनेकौं सपना बुन्ने दिनचर्या आज पनि जारी छ उसको!!
उ हिजो आज आफै भित्र निसासिएको छ!! जलिरहेको छ!!
साच्चै भन्नू पर्दा उ केबल देखावटी जिन्दगी बाच्दैछ!!
" हरिले हिजो मात्रै कतार बाट एकलाख पठायो रे",सधै झै आमा आज पनि कराइन उसकि!!
उ सुन्या नसुन्या गरेर बसेको छ हिजो अस्ति जस्तै गरेर!!
एक मन त उ नि सोच्छ खाडी उड्दिन पर्छ कि क्या हो??
फेरि आफैलाइ रोक्छ अनि सम्झिन्छ आफ्ना सर्टिफिकेटका प्रतिशत हरु..एसएलसी :-८०%,+2::-७८%,ब्याचोरल::-७५% अनि मास्टर!!
झ्ल्यास हुन्छ उ,अनि मनमनै भन्छ बा'को फि तिर्न सक्ने हैसियत थिएन!!

Comments

Popular Posts