...

मान्छेको हेर्ने नजर फरक हुनसक्छ
अनि जिन्दगीको कहर फरक हुनसक्छ
**
अरे यहाँ हर कोहि निष्ठुर दानव छ्न
मात्र मुटु भित्रको पत्थर फरक हुनसक्छ
**
गाउँमा सबै जना पोको कसेर तयार छन् रे
यद्यपि सुख खोज्न जाने सहर फरक हुनसक्छ
**
हर कोही मर्न र मार्न तयार छन् अचेल तर
सोच्दैछु प्रियसिले दिने जहर फरक हुनसक्छ

Comments

Popular Posts