....

१.
आँखा किताबमा हुन्छ,मन संसार डुलिरहन्छ
जिन्दगी भुतले अड्काउछ,भबिस्य घुरिरहन्छ
कती संघर्ष गर्नुपर्ने हो,आफ्नै जीवन जिउन
सपना संसार जित्ने देखिन्छ,जिन्दगी झुलिरहन्छ

२.
समय आफै हिडिरहन्छ,जीवन पछ्याइरहन्छ
बाधा अवरोध आइरहन्छ, सामना भइरहन्छ
व्यर्थ किन आत्तिनु यी फगत शत्रुहरु देखेर
युद्ध भइरहन्छ,शृङ्खला जितको थपिरहन्छ

Comments