बा आउनुस पाटि खोलौ!!!

बा
तपाईलाइ
परिवार पाल्न गाह्रो
मलाइ खर्च माग्न गाह्रो
अब
जागिर छोड्नुस
देश बनाउने कसम खाऔ
आफ्नो भविस्य बनाऔ
बा
आउनुस पाटि खोलौ!!!!!!
तपाईका नेता साथि पजेरो चढ्छन्
हामि कति साझा बस कुर्ने ..
इमान्दारिताको ट्याग बोझ भो..
सदाचारितामा डुब्दा गरिबीले पेल्यो
अब अत्ति भो..
कति झुन्डिने अर्काको अफिसमा
अब आफ्नै कम्पनी खोलौ
बा
आउनुस पाटि खोलौ!!!!!
तपाई टिभी र मिडिया हल्लाउनु
म ट्वीटर र फेसबुकमा चिच्याउछु
इलाममा
लिम्बुवान जिन्दावाद
बिरगंजमा
मधेश जिन्दावाद
पोखरामा
तमुवान हाम्रो माग
उपत्यकामा नेवा: हाम्रै एजेन्डा
अखण्ड सुदुरमा एक ढिक्का
थारुवानको लागि एक हौ..
अनि
देश बिकास हाम्रो अभिभारा!!!
कति परिवारको मात्रै चिन्ता गर्ने
अब मिलेर देशको चिन्ता गरौ
बा
आउनुस पाटि खोलौ!!!!!
दुइचार लाइनका रास्ट्रवादी नारा लेखौ
मिडियाबाट देशका सारालाई सुनाऔ
नाराले मान्छे ताने ठिकै छ
नत्र
आमा दिदि भाइ मामा माइजु अकल आन्टि..
ठुलाबा ठुलीआमा हजुरबा हजुर आमैलाइ
प्रवेश गराऔ
युवाको नाम लिउ
उम्मेदवारीमा चर्चा मेरो
तर बाध्यता भनौ
नेतृत्वमा हजुरबालाइ पठाऔ
बैकल्पिक युवा शक्तिको निर्माण गरौ
बा
आउनुस पाटि खोलौ!!!

Comments

Popular Posts