सेतो चिया र विष

म पानी जस्तै रंगहीन थिए
तिमी चियापत्ती बनेर आयौं

घोलियौ एक अर्कामा
थपेऔँ मिलेर
मनमुटु भरिको माया
अनि बनायौंँ
गुलियो
कालो चिया।

तर बिडम्बना
न तिम्लाइ मन पर्यो
न मलाई मन पर्यो
त्यो विरक्त लाग्दो
कालो रंङ्ग।

रंङ्गिन बनाउने प्रयासमा
हामीले
थपेऔँ
रोमान्टिक पलहरु
र बनायौँ सेतो चिया।

तर कसैले तिम्रै अगाडी
मन्चन गरेछ
"सेतो चिया र विष" नामक नाटक।

अनि
उ आज मलाई नै सोध्दै छ
"हामी दुईको बिछोडको कारण?"

Comments

Popular Posts