नबुझेको वा नबुझाइएको भ्रम

मधेस न हिजो सिके राउतको पक्षमा थियो न आज छ न भोलि हुनेछ!!कथित रास्ट्रवादको दलदलमा भुलाइराख्न,सत्ता आसिन भइराख्न कुनै १-२ व्यक्तिलाई राजनीतिक नेतृत्वले सधैं समाज विरुद्ध खडा गर्छ र उसकै डर भनौ या भ्रमित चर्चा देखाएर आफ्नो प्रभुत्व समाज जमाइराख्न चाहन्छ त्यसको केबल एउटा प्रतिनिधि पात्र मात्रै हुन् राउत। यस्ता प्रवृत्तिहरु समाजमा पटकपटक हावी भएको जस्तो देखिन्छ पछिल्लो समय नाकाबन्दी ताका र त्यसपछि सबै भन्दा बढी हावी भयो।हाम्रो समाज जुन धरातल,भुराजनिति र चरम आर्थिक संकटको अवस्थामा (चपेटामा) उभिएको छ त्यसले पनि यस्ता प्रवृत्ति बढिराखेको छ।पहाडमा चुनाव जित्न पछिल्लो समय सबैभन्दा बढी प्रयोग भएको कार्ड भनेको मधेसको अस्थिरताको र छुट्टिने भ्रम हो अर्थात उनीहरुको भाषामा रास्ट्रवाद हो भने मधेसमा पहाडी प्रतिको आक्रोश र संविधानको अपव्याख्या हो।जबसम्म मधेसलाई हेर्ने पहाडको नजर फेरिदैन तबसम्म राउत प्रवृत्ति कहिले नि घट्दैन राउत हटे यादव ढकाल या अरु कोइ आउछ।संघीयतामा गएको देशमा अधिकार जति सबै केन्द्रमा राख्ने अनि अधिकार दिए राज्य टुक्रिन्छ अझ सबैभन्दा धेरै २ नम्बर प्रदेश जस्ता अपव्याख्या गर्नेहरु राउत भन्दा घातक छन्!! छात्तिमा हात राखेर भन्ने हो भने लालबाबु बाहेक कुनै पनि मुख्यमन्त्री प्रदेशको मुख्यमन्त्री हुन लायक भएको जस्तो अहिलेसम्म लाग्दैन।मुख्य आवश्यकता के हो भन्ने बहसमा र निचोडमा हाम्रो नेतृत्व कहिल्यै गएन र जादैन पनि किनकि उनीहरुको चुनाव जित्ने एक मात्र आधार भनेकै यस्तै यस्तै अधकल्चो र अपव्याख्या गरिएको विषय हो।अहिलेको अवस्थामा पहल र हल गर्नु पर्ने र सम्भव पनि रहेको मुख्य कुरा भनेको मधेस पहाड बिचमा रहेको अनेकौं खाडल र असमानताको हो अर्थात सिके राउत जस्ता पुनः जन्मिन सक्ने प्रवृत्तिको अन्त्य हो तर विडम्बना हाम्रो ध्यान त्यता जादैन किनकी हामिलाई सधैं चर्चा आउने र पपुलिस्ट निर्णयमा रमाउन ताली पिट्न मन पर्छ।हिजो इन्जिनियरलाई पृथकतावादी कसले र किन बनायो??हिजो रातसम्म कारागारमा आज प्रधानमन्त्रीको काखमा पुग्न कसरी सम्भव भयो??राज्यविरुद्धको अपराध राजद्रोह लागेको देश टुक्र्याउछु भन्ने मान्छे अचानक प्रधानमन्त्री जत्तिकै रास्ट्रवादी कसरी भयो??

Comments

Popular Posts