सकारात्मक सोच (भाग-१)

केही समय यता हरेक विषयबाट केबल पोजेटिभ पक्ष मात्रै आफुले लिने निर्णय गरेको थिए।त्यसपछी देशमा अनेकौं घटनाहरु घटे र मैले केबल सकारात्मक मात्रै सोचे जस्तै केही उदाहरणहरु;

१.निर्मलाले न्याय पाइन्न,सत्र वर्षको वालकको वलि चढाइयो न्याय पाउने आन्दोलनको नाममा तर न्याय पाइएन अनि उनिहरुको परिवारलाई सरकारले पैसा दिने भयो,केही महिला अधिकारकर्मीहरुले पुरस्कार पाए अनि मैले त्यसैमा खुशि हुने निर्णय गरे!!

२.मेडिकल कलेजको अनियमिता बाहिर प्रष्ट संङ्ग प्रमाण सहित आयो,सरकार प्रतिपक्षी मौन बसे विद्यार्थीहरु हप्तौं देखि आन्दोलित भए तर सुनुवाइ भएन मैले सोचे कलेजले लुटेको पैसा नेपाली कै खातामा त गयो होलानि विदेशिले खानु भन्दा आफ्नैले खाए राम्रै भयो अनि म फेरि खुशी भए!!

३.अख्तियारको आयुक्त भ्रष्टाचारि भन्ने प्रमाण सहित बाहिर आयो तर सरकार अझै मौन जस्तै छ,मैले फेरि सोचे धन्न पाठक थरका परे र ढकाल नपरेको खुशीमा खुशी भए!!

४.वाइडवडी कान्ड त्यति विधि चर्चामा आयो कति प्रमाण सहित आयो तर अख्तियार सरकार प्रतिपक्षी शान्त फेरि सोचे सबै जना मिलेर केही त काम गरे लुट्न नै सहि मिलेर त गरे अनि मिलेको खुशीमा म नि खुशी भए!!

५.अलिकति सुन र चितवनको एक टुक्रा सम्पत्ति भएका र बि.एन.सि,मनमोहन,नेसनल मेडिकल कलेजका लागि त्यत्रो समय योगेश लगायत संङ्ग अप्रत्यक्ष र प्रत्यक्ष मिलेर लड्नु भएका प्रचण्ड जि श्रीमतिको उपचारमा अमेरिका जानू हुँदा पनि मैले सकारात्मक पाटो खोजे र नेपाल मै उपचार गरेको भए प्रचण्ड यताउता गर्नु पर्दाको सवारी साथै रास्ट्रपति भेट्न जादाको सवारीको नाममा हामी बाटोमा रोकिन पर्न सक्थ्यो अनि अहो कमसेकम जाम त अलि कम हुने भयो भन्ने सम्झेर खुशी भए!!

आजलाई सकारात्मक सोच यति नै !!
हरेक क्षण हरेक घटनालाई सकारात्मक सोचबाट हेरौं !!

धन्यवाद!!

Comments

Popular Posts