अब हामी सुध्रिनु पर्छ...


"दाइ बरु अब पार्सपोट बनाएर खाडी जान्छु तर राजनीति हुने कलेजमा मरे नि पढ्दिन।" टियुको एक प्रतिष्ठित क्याम्पसमा प्रवेश परिक्षाको क्रममा विद्यार्थी सङ्गठन बीच सानोतिनो विषयलाइ लिएर काटाकाटको अवस्था देखेर फर्केको भाइले यति भनेपछि धेरै दिन दिमागमा हजारौ तर्क वितर्क खेल्यो।.साथमा केहि थान प्रश्नहरुले डेरा जमाए केहि दिन सम्म। "साच्चै हामि बिद्यार्थी राजनीतिको नाममा कस्तो राजनीतिक सस्कार हुर्काउदै छौ?"
"विद्यार्थीको मस्तिष्कमा कस्तो छाप भर्न खोज्दै छ?"
"अबको हाम्रो बाटो के त?"
अब हामि सुध्रिनु पर्छ।अबको बिद्यार्थी राजनीतिको मूल कोर्स बौद्धिक र वैचारिक हुनुपर्छ।अब विद्यार्थी बीच राजनीतिक मुद्दामा कम र शैक्षिक मुद्दामा धेरै छलफल हुनुपर्छ।बिद्यार्थीले राजनीति बुझ्नुपर्छ।देशमा के भइरहेको छ? देश कता जादै छ? समाज देशको राजनीतिक अवस्था कस्तो छ? लगायत सबै विषयमा विद्यार्थी जानकार हुनुपर्छ।.देशका भविस्यको खाका कोर्ने बिद्यार्थीमा कुनै निश्चित दल प्रति निष्ठा आस्था अवस्य हुन्छ र हुनुपर्छ साथमा हुनुपर्ने महत्वपूर्ण कुरा भनेको अरु विचार र आस्थाका साथीहरुको अस्तित्व स्वीकार्न गर्न पछी हट्नु हुदैन।.अन्य विचार संगको सहकार्यले विद्यार्थीको माग सम्बोधनमा सहजता आउने निश्चित छ।.हामी अब पूर्ण रुपमा सुध्रिन पर्छ।विद्यार्थीहरु अब राजनीतिको नाममा कुनै एक नेताको पछि लागेर भेडा बन्नु हुँदैन।हरेक राजनीतिक र शैक्षिक मुद्दा मध्य कुन सहि र कुन गलत राम्रो संङ छुट्याएर अघि बढ्नु हरेक विद्यार्थीको कर्तव्यको हो।हामिहरुले आफ्नो अधिकार संङ्गै आफ्नो कर्तव्य नभुल्ने हो भने क्याम्पसको सङ्गै देशको राजनीति  त सुध्रिने नै छ साथमा आउने पुस्ता बिग्रन बाट अवश्य बच्ने छ।विद्यार्थी राजनीति र राजनीति गर्नेहरु अब सुध्रिनु नितान्त आवस्यक छ र सुध्रिनु शुभकामना।।

Comments

Popular Posts