यात्रा-१

भुपिको
हल्लैहल्लाको देशमा
सुनसान सडकको
बिचमा
गुडिरहेको
साझा बसको
अन्तिम सिटमा बसेर
केबल
नारायण गोपालको गित सुन्नु छ

हराउनु छ
महाकवी
जसरी नै
शून्य सरि।
बिलाउनु छ
आफ्नै छुट्टै दुनियाँ
जहाँ
केबल
निस्वार्थले
भरिएका यथार्थता हुनेछ।
जहाँ
केबल
आफ्नै
सपनाहरूको घर हुनेछ।
निरन्तर
हिड्नु छ
एक गन्तव्य विहिन
यात्रामा
जहाँ
संङ्गै हुनेछ
दर्जनौं गोरेटो विहिन
लक्ष्यहरु
जहाँ
पछाइ रहने छ
प्रियसिका
सयौ प्रेमपत्रहरुले
जहाँ
सुनिने छ
हजारौं आवाज विहिनहरुको
मौन आवाज
साच्चै
अब
ढिलो नगरी
निस्कनु छ।
आफुले आफुलाइ
अरुले जित्नु अघि
जित्नु छ।

Comments

Popular Posts