यात्रा-२


कोलाहलमय
शहरबाट
निस्केको छु

पुग्नु छ
त्यो पर देखिएको हुडिकोटको डाडा
जहा बाट सुरु गर्नु छ
मलाइ
मौन क्रान्ति
जसले
हल्लाउने छ
शहरका हरेक कुर्सीका खुट्टाहरु
चर्किने छ
देश चलाउनेका घरहरु
शान्त हुनेछन
मुर्दावाद र जिन्दावादका नारा घन्काइ रहेका
स्पिकरहरु
साच्चै
एउटा
मौन आन्दोलन
सुरु हुने छ
मैन डाडाको चौतारोबाट
जन्मिने छ
एउटा
क्रान्तिकारी
जसले लेख्ने छ
नवीन इतिहास
हुडिकोटको भविस्य
देशको भाग्य
अनि
कोर्ने छ
समाजको अग्रगामी नक्सा।।
नस्ट गर्ने छ
बनमारा सरि
फैलिएको विकृत सोचहरु
साच्चै
यो डाडाले हुर्काउने छ
काडै काडा भएको
ऎसेलु

दिने छ
मीठो फल
समृद्ध सोचको रसले भरिएको फल।

(पोखराको हुडिकोट जादा अक्षर यात्राको क्रममा लेखेको😁)

Comments

Popular Posts