ब्रेक अप-2


.
भ्यालेन्टाइन डे'मा
लजाउदै
गुलाफ अगाडि बढाउदै
रोमान्टिक मुडमा
उसले गाएकी थिइ
"तिमी नै मेरो साझ बिहानी
तिमी नै मेरो जीवन कहानी"
आज त्यही गोरेटोमा
उ कसैको व्यग्र प्रतिक्षा गर्दै छे

म गाउदै छु गित
"तिम्ले बाटो फेरेउ अरे
अर्कैलाइ हेरेउ अरे"
गित जस्तै गरि
केही थान प्रश्नहरु अनुत्तरित
बनाएर बाटो मोडेकी थिइ उसले
अचानक..
हे पृय पाठक
तिम्ले उनलाई कतै भेटेउ भने
खोलिदिनु उनका सामु
मेरा प्रश्नहरुको बाकस

लिएर फर्कनु
उत्तरहरु
उनलाइ सोध्न पट्टक्कै
नबिर्सनु कि
"के उनले आँखाका झरेका परेली हातमा राखेर wish माग भन्दा
मैले उनलाइ मागे जसरी उसले पनि उनलाइ माग्यो??"
अनि
"के आकाशमा झरेका हरेक ताराको बदलामा मैले उनलाइ मागे जसरी उसले पनि उनलाइ माग्यो??"
प्रिय पाठक
तिमिले प्रश्न सोधिसके पछि
उनले भन्न सक्छिन
केही प्रश्नको उत्तर नदिए नि हुन्न
केही प्रश्नको उत्तर उ सङ्ग लिए नि हुन्न
अनि
तिम्ले उनलाइ देखाइदिनु
इन्जिनियरिङको प्रश्न पत्र

पढ्न लगाउनु प्रश्न पत्रको
सबै भन्दा माथिका केही पंक्तिहरु
जसमा लेखिएको हुनेछ
"Candidates are required to give their answers in their own words as far as practicable."
And
"Attempt All questions"
प्रिय पाठक
तिमी उत्तर लिएर फर्किदै गर्दा
उनलाइ
यो पनि भनिदिनु कि
म अझै कुरेर बसेको छु
त्यही पुरानो चौतरीमा

सुन्दै छु
,"The man who can't be moved"
जहाँ
उनले
आफ्नै आवाजमा
मलाइ पहिलो भेटमा सुनाएकी थिइ
""मिले हो तुम हमको बड़े नसीबों से"😁

Comments

Popular Posts