तिमी

बडो गजब लाग्छ
अचेल
तिम्रा नयनहरुको चमक
तिम्रा मुलायम कपालहरु
तिम्रा राता गालाहरु
तिम्रा कहिल्यै नसिद्धिने गन्थनहरु!!
तिम्रा आँखा हरुले
मलाई लठ्ठाइरहे,
म डुबिरहे,
हरपल हरक्षण!
तिम्रा केशहरुले
मलाइ लोभाइरह्यो
कहिले अनुहार छोपेर
कहिले बतासको स्पर्समा उडेर
जिस्काइ रह्यो!!
तिम्रा गालाहरुले
मलाई निम्ता दिइ रह्यो चुम्बनको
अनि
म लजाइरहे
तिमी जस्तै गरि तिमी संङ्गै!!
अहो
साच्चै भन्न बिर्सेको
मैले "लाटी" उपमा दिएकी
तिमिले सुनाउने
हरेक गन्थनहरु
अचेल
मलाई दार्शनिकले सुनाउने कथा जस्तै लाग्न थालेको छ!!
सोध्न मन छ तिमिलाइ
के तिमी मुक्तिनाथको छेउ भइ बग्ने कालीगण्डकी बन्छौ??
किनकि मलाई शालिग्राम हुन बिछ्ट्टै मन छ!!
सोध्न मन छ तिमिलाइ
के तिमी झलकमान बन्छौ??
किनकि मलाई हे बरैमा हराउन मन छ!!



Comments

Popular Posts