हामी

एक
भएर
आफ्नोपन गुमेको आभास भएपछि
'आफू' खोज्ने सर्तमा
छुट्टिने निर्णय गरेका
हामी
अर्थात
"उनी" र "म"

अकास्मात्
भेटियौ
वर्षौं पछि
त्यहि कु-बाटोमा

जहाँ एकाअर्काले कुल्चिएका थियौं
एकाअर्काको सपनाहरू ।

जहाँ चलाएका थियौं डोजर एकाअर्काको
भावनाहरु माथी ।

केबल 'आफू' भित्रको 'आफू'

'आफै' खोज्ने भ्रममा।

हामिले बिर्सेका थियौं कि
'हामी' आफैमा एक भ्रम हौं।

मैले कुनै रात उनीलाइ भनेको थिए
"हामी अब भ्रमहरु बिचको विश्वासमा बाचौ।"

उनी मानिन्न।।

अन्तमा
हामी खोज्न निस्कियौ
अर्को भ्रम।

फेरि भेटौ भ्रम

हरायौ लामो समय भ्रमहरुको बिचमा ।

छुटिनु अघि
उनीले मलाई "आफु" हुनु छ भनिन् ।
मैले मलाई "म" हुनु छ भने ।

आज न म 'म' रहे
न उनी 'उनी' रहिन्  ।।

हिजो हामी 'हामी' थियौं।
आफ्नो अस्तित्व खोज्ने बहानामा निस्कियौ।

आज वर्षौ पछि भेटियो एकाअर्कालाई।
तर
म छु
उनी छिन्
बिडम्बना
हामी छैनौं ।।


Comments

Popular Posts