काला धर्साहरु (dark circles)

जब
उनी १६ हुँदै १७ भएकी थिइन
देख्थे
उनका
चम्किला आँखाहरुले
पहिरनु थालेका
काला धर्साहरु !!
जसको बारेमा
मैले लेखे
:;-

ती
काला धर्साहरु
जसले बोकेका छन्
बगेल्ती कहानीहरु
जुन उनी
हरेक क्षण
हरेक व्यक्ती
संङ्ग लुकाउन चाहन्छिन्!!

ती काला धर्साहरु
जसले दर्साइरहेका छ्न्
उनका
अनगिन्ती सपनाहरू
जे'लाइ भेट्न उनले
कयौं रातहरु
अनिदो बिताइएकी थिइन्!!

ती काला धर्साहरु
जसले इसारा गरिरहेका छन्
उनका लैङ्िगक लडाइँहरु
जो-जो संङ्ग
उनी दशकौंदेखि
रातदिन लडिरहेकी छिन्!!

ती काला धर्साहरु
जसले इङ्गित गर्न खोजिरहेका छन्
उनका असफल प्रेम कथाहरु!!

तर
समय संङ्गै
उनका काला धर्साहरु
मलाई बिल्कुलै फरक लाग्न थाल्यो

फेरि लेखे
:;

उनिलाइ
असफलताबाट सफलता तिर
डोर्‍याउन सिकाइ रहेका छ्न्
उनका
ती काला धर्साहरुले,

जुन
अचेल
मलाई असाध्यै मन पर्छ!!

ती काला धर्साहरु
जसले दिएको छ
उनलाइ आत्मविश्वास,

जसले बनाएको छ
उनलाई झन् सुन्दर,

जसले थपेको छ 
उनमा नयाँ चमक,

र त
मलाई असाध्यै मनपर्छ!!

पहिले
कमजोरीको प्रतीक लाग्ने काला धर्साहरु,
अहिले
मलाई संघर्षका प्रतीक लाग्न थालेको छ!!

हेर्नुस्
अकस्मात कसरी भए
मेरा सोचाइ परिवर्तन?

साच्चै
भन्न मन लाग्यो
समय बलवान् छ

हामी परिवर्तनशिल छौ!!



Comments

Popular Posts