Let's break up


प्रिय
हरेक चोटिको पत्र भन्दा यो बिल्कुलै भिन्न छ।मनमा अनेकौं रोमान्टिक तानामाना बुनेर लेखेको पत्र र मुटु माथी ढुङ्गा राखेर लेखेको पत्र एकै त कसरी हुन सक्छ र है?यो पत्र लेखिरहदा मन असाध्यै भारी भएको छ थाहा छैन जिन्दगीको लामो यात्रामा यो भारी मन बोक्न सक्छु कि नइ?तर बाध्य छु यस अर्थमा कि समय छोटो छ पुग्नु पर्ने गन्तव्य टाढा छ र संङ्गसङ्गै दुखेका छन् रे तिम्रा खुट्टाहरु..सक्थे होला बोकेर नै पुर्याउनु तिमिलाइ गन्तव्यमा तर तिमी मानिनौ! किन मानिनौ?मैले कहिले जान्न खोजिन र खोज्ने पनि छैन!किनकी तिमिले कुनै पल मलाई सिकाएकि थियौं "विश्वास गर्न" र म आज तिमी माथी अन्धविश्वास गरिरहेको छु!! म यस्ता विश्वासमा पटकपटक नराम्रो संङ्ग निक्लन नमिल्ने गरि पिल्छिएको छु कयौंको लागि कयौंपटक भने तिम्रो लागि नसक्ने कुरै भएन!"जिन्दगी समुद्र जस्तै हो जहाँ तपाईले खान मिल्ने माछा नि हुन्छन् र तपाईलाई खाने माछा नि हुन्छन् त्यसैले बचेर हिड्नु हरेक क्षण ",तिमीले मलाई पटकपटक भनेकी थियौं यो लाइन र मैले पटकपटक हस् भन्दै हल्लाएको थिए टाउको..मलाई आज अचानक सोध्न मन लाग्यो तिमी कुन चाहिँ "माछा" हौ लाटी? विछोडमा पीडा सबैलाई हुन्छ तर मलाई आत्म ग्लानी भएको छ र म आफै देखि लज्जित छु कि मैले कसरी चिन्न सकिन तिमिलाइ! तिमिलाइ थाहा छ नि मलाई ऎना हेर्न फिटिक्कै मन पर्दैन तर अचेल म हरेक क्षण ऎना हेर्न चाहन्छु।किन भनेर मनमनै सोचौ होला है?
तिमिले कुनै पल भनेकी थियौं ,"हामिले आफुलाइ जती ऎनामा हेर्छौ त्यति आफू भित्रको आफू खोज्ने हुटहुटी बढ्छ त्यति नै आफू भित्र डुब्न थाल्छौ अनि जिन्दगी बुझ्छौ।" म अचेल त्यसैले ऎना हेर्दै टोलाउछु तर मैले कहिले आफुलाइ पाउन सकिन केबल आँखाले तिम्रो छाया मात्रै देख्छ। सायद आँखा धेरै जुदाएछौ होला हाम्ले! मैले तिम्लाइ एकदिन साझा बस र मेरो कहानी यसरी सुनाएको थिए याद छ होला नि है तिमिलाइ?
"साझा बस! अन्तिम सिट! केबल म अनि
वर्षौंदेखी पानीको स्पर्श लिन नपाएका खोलहरु बोकिरहेका खाली सिटहरु! गाडीको थोत्रो स्पिकरमा घ्यार् घ्यार् बजिरहेको छ दिपक जंगमका मुटुविहिन शब्दहरु "तिमिलाइ म के भनौं जून भनौं कि फूल भनौं...." अनि म सोचिरहेको छु,"कस्ति थिइ होलि त्यो मोरी जसका लागि मुटु विहिन र सुन्दर शब्दहरु कोरिए!"
कहानि सुनाउदै गर्दा मैले तिम्लाइ अन्तिममा भनेको थिए त्यो "मोरी" किन किन मलाई तिमी जस्तै लाग्छ! आज म त्यहीँ जून भनौ कि फूल भनौं भनेर दोधारमा परेको मान्छेको नाममा एउटा वियोगान्त पत्र लेख्दै छु। साच्चै कति क्रूर छ है समय। कति निर्दयी हुन सक्छ है यो मन। तिमीले हरेक पटक बहाना बनाउदा भन्ने गर्थ्यौ नि कुरो र कुलो जता बङ्गायो त्यतै जान्छ अर्थात शब्दहरु जती कलम चल्यौ त्यति लेखिन्छ। बिट मार्नु अघि तिम्रै पत्रका हरफहरु आफ्नो शैलीमा लेख्न चाहन्छु जसरी कुनै पल मैले सुनाउने गर्थे तिमिलाइ मेरा भर्जिन अकविताहरु..

"पहिलो भेट भा'को मिति
प्रेम प्रस्ताव राखेको मिति
सम्झिन नसक्ने मलाई
तिमी संङ्ग प्रेम गर्ने अधिकार छैन।
सबै भन्दा छिटो अर्थात मध्यरातमा
"जन्मदिनको शुभकामना"
दिन नसक्ने मलाई
तिमी संङ्ग एक हुने अधिकार छैन।
फोनमा प्रेमिल गफ गर्न
झ्याउ लाग्ने मलाई
तिमी संङ्ग च्याट गर्ने अधिकार पनि छैन!

प्रिय
अधिकार विहिन कर्तव्य मात्रै भएको जिन्दगी जिउन साह्रै गाह्रो हुदो रैछ
त्यसलै
"Let's break up"

Comments

Popular Posts