Crush

न आफ्नो बनाउने इच्छा छ।
न अर्काको हुन्छौ कि भन्ने डर छ।
केबल मन पराउनु छ।
माया गर्नु छ।
तिम्रो मुस्कानमा फिदा भइराख्नु छ।
तिम्रो यादमा हराइ रहनु छ।
तिम्रो बारेमा मनमा हजारौं कथा बुन्नु छ।
तिम्रै लागि लेख्नु छ
मलाई एउटा कविता
र दिने छु शिर्षक
"चाहेर नचाहेर बन्न नसकेका आफ्नाहरु"

मैले तिम्लाइ चाहनु तर तिम्ले नचाहनु।
तिम्ले मलाई चाहनु तर मैले नचाहनु।

वा
दुवैले एकाअर्कालाई चाहनु।

बिचमा एउटा गम्भीर खोज बन्ने छ
कविता!
यस्तै अनेकौं तर्कहरु
कुदिरहेका छन्
मस्तिष्कमा
तिम्लाइ पहिलो पटक देख्या दिन देखि।
सोध्छु आफैलाइ
"यो कस्तो पागलपन?"
उत्तर केबल
मौनता।
तस्वीर:-Katherine Langford

Comments

Popular Posts