मुक्तक

१.मनमा सपनाहरू उडिराछ्न् चङ्गा बनेर
मानिसहरु रोक्न खोज्दैछ्न हुलदङ्गा बनेर
मस्तिष्क लक्ष्य लिदै छ शिखर चुम्ने तर
जिन्दगी बित्दैछ फेदि मै लफङ्गा बनेर


२.हिड्दा हिड्दै गोरेटो हराए जस्तै लाग्छ
कसैले पछाडिबाट बोलाए जस्तै लाग्छ
हिड्न त हिडेको हु एक्लै यहाँ सम्म
तर आज किन मन डराए जस्तै लाग्छ

Comments

Popular Posts