आमा, तपाइँ गलत हुनुहुन्थ्यो..

अह
यो सहरमा मान्छे नै छैन
सबका सब सिनो सरह बिचार बेच्ने गिद्दहरु
उजाड मरभुमीमा समुद्रको सपना देखाउदै बेच्ने दलालहरु
लोभ लालसामा बाचेका दुखी आत्माहरु
अह यो सहरमा मान्छे नै छैन
आमा
तपाई गलत हुनुहुन्थ्यो
तपाईले सुनाउने
ती
शान्तिका बाहक बुद्ध धरी युद्ध भुमिमा भेटिन्छन्
सत्यवादी युधिस्ठीर  दिनहुँ अप्रिल फस्ट मनाउछ्न
आमा
तपाईले सुनाउनु भा'को राम सीताको कथा त उल्टिसक्यो
अचेल
रामहरु खाडी बास जान्छन्
फर्किदा सीता भेटिन्न
दुश्मन सामुन्नेबाट युद्द्को आवाहन गर्छन
साथीहरु पछाडिबाट छुरा रोप्छन
अनि
आमा तपाईले सुनाउने
ति  कृष्ण र सुधामा  बीचको जस्तो
विश्वास कहा छ  खोइ!!!!

Comments

Popular Posts