अचेल पत्रीका समाचार छाप्दैन्न

हिजो
समाचारले भरिने पत्रीका आज बाबुद्दारा बलात्कृत छोरीको रगतले लत्पतिएको छ
आन्दोलनकारीको लासले भरिएको देशमा आन्दोलनमा सरकार बिजयी भएको खबर छापिएको छ
आमा तिम्रो बेपत्ता छोराको खबर आज पनि आएन
नानू तिम्रो बाबाको बरिदानको खबर पत्रकारले थाहा पाएन
गङ्गामाया आमा तिम्रो छोरोले न्याय आज पनि पाएन
किनकि
अचेल पत्रीका समाचार छाप्दैन्न
छाप्छ्न् त केबल मोडलका नंग्ग्न तस्बिरहरु
नायिकाहरूका स्तन माथिका ट्याटुहरु
अनि
सर्वाहाराको हितमा मजदुरको ट्याक्सी जलाउने जननायकको कथा……
सुस्ता र लिपुलेकको सत्यता नपढ्ने
एक हुल युवा जोशका साथ पत्रीका हेर्दैछन
किनकी
आज पत्रीका सन्नीको बेडसिनले रङ्गिएको छ
हिरो हिरोइनको रोमान्सको गोसीपले भरिएको छ
तर
भुकम्पले थलिएकाको राहतविहिनको यथार्थ आज पनि अटेन
कर्णालीको कथा छापिएन
किनकि
अचेल पत्रीका समाचार छाप्दैन्न
छाप्छ्न त केबल राहतका फोटोहरु
दरिद्र नेताका चर्का आयातीत भाषणहरु..
समाचार फिल्मका सिनभन्दा कम भएन्न
पत्रकारहरु खलनायक निर्देशक सरह भइसके
अब पत्रीका कदापि पत्रीका रहेन
किनकि
समाचार अब समाचार रहेन………

Comments