नेपालि समाज र नारि दिवस छोटो यथार्थ

राम दिउँसो अफिसमा नारी दिवसको अवसरमा आयोजित सेमिनारको लागि महिला हिसा र त्यसको अन्त्यको बारेमा भाषण सहित कार्यपत्र लेख्दै छ अनि बेलुका रक्सी खाएर घरमा छोरी जन्माएको निउमा श्रीमति र सानी छोरीलाई मरणात्न हुने गरि पिट्छ रामको छिमेकी श्यामले श्रीमतिको दबाब र कचकच सहन नसकेर आमालाई बृद्दा आश्रममा लगेर राखेको छ।अनि दाइजो कम ल्याएको निउमा नारी जीउँदै जलाइएकि समाचार रेडियो घन्किरहेको सुनेर दिक्क मानी हरि १६ बर्षे छोरिको बिहेको लागि जम्मा पारेको पैसा राख्न बैंक तिर हिड्छ। बाटोमा मिनिस्कर्टमा हिडिरहेकि केटिलाइ सिठ्ठी फुकेर बोलाइ रहेको गोपाल आफ्नी बहिनी केटासँग हिडेको देखेर रिसले आगो भइ उक्त केटालाइ तह लगाउन आफ्नो साथी सहित उनीहरु तिर हिड्छ।अनि आज नारी दिवसको अवसरमा आयोजित सडक ल्यालिमा राम श्याम र उसको पत्नि हरि गोपाल र उसका साथिहरु नारा लगाउदै छ्न " मर्दको सान नारिको सम्मान","महिला हिंसा अन्त्य गर".……………
-नेपाली समाज

Comments

Popular Posts