जिन्दगी

जिन्दगि
आफैमा परीक्षाको कठघरामा उभिएको छ
न यो हु भन्छ न त्यो हु भन्छ
हरेक प्रश्नका उत्तर केवल मौनतामा प्रस्तुत गर्छ
गल्ति गरेर प्रेमिकाको अगाडी उभीएको लाचार प्रेमी सरह
चक्र सरि घुमिरहेको दिमागका हर प्रश्नले
उत्तर खोजिरहेका छन
रहर
आशा
अभिलाषाहरु
संघर्ष संगै हिड्ने प्रयाशमा छन
क्यासिनोका गोटी सरह
हार र जितको खेलमा सामेल छ
कहिले पसिनाको झोलमा
कहिले पैसाको मोलमा
तर हरेक चोटी विवश भएर बेचिदैछ
खुशि बन्धकी राखेर
उभिएको छ समय
अगाडि
कल्पनामा सपनाहरु
बसन्तका सुन्दर पालुवा सरि देखिन्छन्
तर
अगाडि काडे तार बिछ्याएर
बसेको छ गोरेटो
हरेक पटक पार गर्न खोज्दा भाजो हाल्ने समुह सक्रिय हुन्छ
लिन्छ अग्निपरीक्षा जिन्दगीको
चट्टान सरि उभिन खोज्छ
सपनाहरु
भावनामा बग्न खोज्दा खोज्दै
मनलाइ खबरदारी दिदै रोक्छ
भविस्यका लक्ष्यहरु
डगमगाउन खोज्छन अचानक पाउहरु
अनि मौनता तोडिन्छ जिन्दगीको
चेतावानी दिन्छ हार मान्न मनाही छ…..

Comments

Popular Posts