गन्तब्यहिन

अनकन्टार भुमरीमा
अल्झिएको उ
नयाँ किरण आउने आशमा
आफ्ना पाइला अगाडि
बढाइरहेको छ
बेचिएका आफ्ना भविस्य सङ्गै लिएर
सफल बिहानिको खोजीमा
निस्किएको छ
थाहा छैन कहाँसम्म
पुग्नपर्छ तर

रोकिन चाहन्न
लुटिएका सपनाहरु
बिपनामा परिणत गर्नुछ
साहुका बाझो खेत जोत्दा
लुटिएका बाका अधुरो सपना
पूरा गर्नुछ
जमिनदारको जुठा भाडा
माझिरहेकी बहिनिको जवानी
बेचिनबाट जोगाउनु छ
अर्मपर्म गर्दा गर्दै फाटेका आमाको
चोली उसलाई सिलाउनु छ
अँध्यारो भोलिलाई उज्यालो भविस्यमा परिणत गर्नुछ
त्यसैले
समय संगै चलिरहेको छ

अनि उसको गन्तव्यहिन
जिन्दगी!!!!!

Comments

Popular Posts