पागल

उ पागल
उनि पागल
तिमी पागल
म पागल
अर्थात
हामि सबै पागल
तिमि कसैको यादमा
म आफ्नोपनको खोजीमा
उ आफैसंग बोल्नाले
उनी कसैसंग नबोल्नाले
यहा हर कोहि पागल भेटिन्छन
अतित बर्तमान र भविस्यको खोजीमा
देखि
प्रेमिका र प्रेमीको यादमा
माया स्नेहा साथको कमि वा अपेक्षाले
हरकोही बन्न खोज्दै छ
अह रोक्ने प्रयास गरिदैन
बुझ्न खोजिदैन
सम्झाउने कर्तव्य ठानिदैन
अनि उसलाई उपमाको ताज भिराउछ
सभ्य सज्जनको भिड
“पागल”

Comments

Popular Posts