......

उनी बिना जिउने आधार म सोची रहेछु
किन बोल्दैन उनको तस्वीर म सोची रहेछु

 हिजो सम्म त तिम्रै हो भन्दै मरिहत्ते गर्थी
आज अर्कैबाट किन भरि सिन्दुर म सोची रहेछु

पुजारी बाटै देउकीको बलात्कार भयो रे
केही हेर्दै थियो होला ईश्वर म सोची रहेछु

आफ्नो हकको नाममा आफ्नै ट्याक्सी जलाउदा
के सोच्दै थियो होला मजदुर  म सोची रहेछु

Comments

Popular Posts