स्मिता

"Going back to the corner…….”भन्दै फोनमा घन्टी बज्दै थियो,निद्राको मात अझै हटेको थिएँन|अल्छी गर्दै खाटबाट नै साइडको टेबुल तिर हात
लम्काए अनि मोवाइल हेरेको समीरको रहेछ| फोन रिसिभ मात्र के गरेको थिए उ मनमा भएको कुनै ठुलो पिडा लुकाए जसरि निराश हुदै हतासमा बोल्यो,”स्मिताले त् आत्महत्या
गरिछे नि यार” स्मिता अर्थात त्यो नाम जुन बिर्सन बर्षौ देखि कठिन तपस्या गर्दै थिए|आज फेरी कसैले सम्झाई दियो तर यसरि सम्झायो कि पुरा पृथ्वी नैआफ्नो विपक्षमा भएको जस्तो
आकाशको भार जति आफ्नो टाउकोमा आए सरि बनायो|अर्धचेत अवस्थामा सोधे,”कहिले,किन,कसरि,कहा,……”थाहा छैन केके सोधे अरु अनि समिर बोल्यो,”हिजो गरेकी रे अरु
कुरा त् मलाइ नि राम्रो संग थाहा छैन तर सुसाइड नोटमा चाहि” न आफैले आफ्नो जिन्दगी बुझ्न सके न तिम्रो नै सके न यो समाजलाई आफ्नो भावना बुझाउन सके यति सम्म कि
परिवारमा बुझ्ने कोइ भएन त्यसैले तिमि र यो ससारबाट टाढा जादै छु मिलेछ भने अर्को जुनीमा अवश्य भेटौंला|”भनेर लेखेको थियो रे मन गह्रौ भयो तर अचानक दिमागले उनले
लेखेको”तिम्रो” बारेमा सोच्न मात्र के थालेको थियो समिर चिच्यायो,”सन्दिप…..”फोन काटिदिए |के गर्ने गर्ने सोच्न सकिन बिस्तारैमा हुदा सुनेको मनले थाम्न नसक्ने खबरले बिचरित
बनायो|एकातिर उनको याद ताजै थियो भने अर्को तिर सुसाइड नोटको “तिम्रो”बारेमा पत्ता लगाउन दिमागलाई साह्रै गाह्रो हुदै थियो|उनीसग बिताएका पल दिमागमा अचानक घुम्न
थाल्यो| PEAपढ्दा यदि रानिबारिमा बस्दिन थिए सामाखुशी देखि भृकुटीमण्डप सम्मको माइक्रोको यात्रा हुदैन थियो भने सायद स्मिता मेरो लागि कुनै मूल्यवान नाम हुने थिएन्|पहिलो
भेट आफैमा यादगार थियो भृकुटीमण्डपमा झर्नु पर्ने मान्छे म रत्नपार्कमा झर्न पुगे|अब हिड्नुको बिकल्प थिएँन|त्यहि बाटोमा हिड्ने क्रममा एउटा कार्ड भेटे नाम:स्मिता शर्मा कलेज:ट्रिनिटी…..
फोटो चिनेको थिइन् ,मान्छे भेट्ने आशामा लिएर हिडे|त्यो दिन त्यतिकै बित्यो| भोलिपल्ट सवा पाच तिर सामाखुशी चोकमा माइक्रो कुर्दै थिए,आखा छेउमा गाडी कुर्दै गरेकीमा पर्यो लाग्यो मैले
धेरे पैले देखि चिनेको जस्तो लाग्यो अनि एक मन त् उनलाई सोधु जस्तो लाग्यो तर पछि ह्या जस्तो लाग्यो अनि सोधिन माइक्रो आयो उनिसगै चढे अन्तिमको दुइ सिट बाहेक खालि थिएँन|भाडा
दिन काड झिक्न लागेको त् बल थाहा भयो मेरो छेउमा बस्ने त् स्मिता नै रहिछन|त्यसपछि चिनजान भयो उनलाइ मिठो मुस्कान सहितको धन्यवाद थाप्दै काड फिर्ता दिए|उनि NAMEमा MBBSको
तयारि गर्दै रहिछिन|भृकुटी मण्डप बाट भद्रकाली मन्दिर सम्म सगै हिडियो मुस्कान साटासाट बाहेको उपल्ब्धि हुनसकेन|म थापाथली तिर लागे उनि सिहदरवारको बाटो हुदै गन्तब्य तिर…|सधै
आउने जाने बाटो माइक्रोको भेट त् थियो नै कहिलेकाही शनिवार civilमलको QFX मा त् कहिले भृकुटीमण्डपको लाइब्रेरीमा भेट हुन्थ्यो|त्यहि क्रममा एकअर्काको साथि हुन पुगेउ|फेसबुकमा
च्याट हुनथालि सकेको थियो त मोबाइलमा एउटा नाम थपिएको थियो स्मिता…|बिगत सम्झिदा अचनाक उनको याद आउनु त स्वाभाविक नै थियो साथमा “तिम्रों” बारेमा सोच्न उत्तर बिना बाध्य थियो
बिचरित मस्तिष्क..| भृकुटीमण्डपको लाइबेरी हाम्रो भेटको लगभग निश्चित स्थान थियो|एकदिन त्यहि गफ गर्दै थियौ त्यतिकैमा उनलाई फोन आयो उनि कोइ नजिकको केटा साथि सग लजाउदै बोल्दै
थिइन्|को सग बोलेकोको उत्तर हास्दै,”बोइफ़्रेन्ड सग” मन झसग भयो अनि हाम्लाई नि चिनाउ भनेको रिसाउदै भनिन,”छैन मेरो कोइ बोइफ़्रेन्ड सोइ बोइफ़्रेन्ड,साथि सग बोलेको हो|त्यहीक्रममा जिस्कदै भने”बोइफ़्रेन्ड नभए म को तनी|”
हास्दै भनेकी थिइन्”तिमि त् मेरो बोइफ़्रेन्ड भन्दा माथिको साथि,पागल|” “सम्झीए ७१ साल साउन २ गते अर्थात उनको जन्मदिन,उनि म र उनको साथिहरु माझमा मनाउदा केक काटिन अनि सुरुमा मलाइ नै
खुवाइन अरु मलाइ हेर्दै थिए अनि म उनलाई त्यसैक्रममा समिर फोन कानमा लगाउदै कोठाबाट बाहीर निस्कियो अनि फर्केर आएन| भोलिपल्ट स्मिताले “कता गएको तिमि हिजो “भनेर सोध्दा समिरले अकमक्किदै
भन्यो,”अचानक काम पर्यो त्यसैले “|मैले भने,”के काम |”उसले उत्तर दिएँन र मैले दोस्रोपटक सोधिन्|दिन बित्दै थियो निकटता बढ्दै थियो अब भेट लाइबेरिको सट्टामा त्यही मण्डपको पार्कमा सरेको थियो|फोनमा कुरा गर्दा गर्दै
रात बितेको पतो हुन् छोडेको थियो|हामि साथि भन्दा माथिकोसम्बन्ध सुरु गरि सकेका थियौ|समय बित्दै गयो,मेरो entranceसकियो उनको आउने क्रमममा थियो पढाइको सिलसिलामा म पोखरा पुगे भने उनि KU मा..
भेटको साधन अब फोन फेसबुक र भाइबरमा सिमित भयो|कहिल्यै च्याट गर्दागर्दै रात बित्थ्यो त् कहिले फोनमा बोल्दाबोल्दै फोनमा बोल्दा लाग्ने अल्छिपन जागरमा परिणत भइसकेको थियो|एकदिन फोनमा बोल्दा बोल्दै उनि रोइन किन रोएको भन्दा तिम्रो
न्यास्रो लागेर भनेर फोन काटिन|उनको बारेमा सोच्दा सोच्दै त्यो रात बित्यो|फेसबुकको उनको वाल त कति चोटी हेरे गन्ति छैन|भोलिपल्ट उनको मोबाइल स्विच अफ थियो सायद ब्याट्री नभएर होला भने त्यो दिन
उनि अनलाइन आइन्न|उनको साथीहरुलाई सोध्दा उनि घर गएको थाहा पाए|मन सशाकित भयो होस्टलबाट बाहिर कतै जादा नि मलाइ भन्ने उनि काठमाडौं जादा नि नभनि किन गइन?प्रश्न सगै रिस पनि उठ्यो|
जति चोटी फोन गरे तर उत्तर पुरानै,फेसबुक खोलेको अच्चमित साथै सशाकित भए उनले फेसबुक डीयाक्टिभेट गरेकी रहिछिन|कारण जान्न उनि बाहेको विश्वासिल्यो कोइ मान्छे थिएँन|१,२,३..गर्दै एकहप्ता बित्दा नि
उनको मोबाइल स्विच अन भएन फेसबुक यथावत थियो|चिनेका जति सबैलाई दर्जन चोटी सोध्दा नि उत्तर “खोइ थाहा भएन|”समय बित्दै गयो उनको फोन त्यसपछि स्विच अँन भएन भने जुकर्वार्ग क्याफेले उनलाई
बिर्सिसकेको थियो|उनिसग सम्बन्ध बिच्छेद भएकोनि महिना हुदै बर्ष दिन भयो न उनको बारेमा केहि पत्तो लागेन तर मनले उंनलाइ नसम्झेको पल हुदैन थियो|कति गाह्रो थियो उनि बिनाको त्यो पल शब्दले वर्णन गर्न सक्दिन|
समय सगै ध्यान अरु कुरा र पढाइ तिर मोडे तर उनलाइ बिर्सन असम्भव थियो तर बाध्य थिए……
क्रमस:…

Comments

Popular Posts