तिन दिन

सुरुवात
अर्थात पहिलो दिन
खुला मन्चमा हजारौं भिडको माझमा
रास्ट्र्वादी नेताको उदय हुन्छ
रास्ट्रीयताको चर्को भाषण सुनिन्छ
तालिको गड्ग्गाहटले काठमाडौ थर्किन्छ
भाषण सकेको रात
नेता बिरामी पर्छ आपतकालीन रुपमा भारतिय एअर एम्बुलेन्स काठमाडौमा उत्रिन्छ
अनि
रास्ट्रवादी सिल्ली नेता दिल्ली जान्छन्
रातारात दिल्ली सरकारसंग गोप्य बार्ता गर्छ्न
अनि
भोलिपल्ट
दशगजा बेचिन्छ
कालोपानीको इतिहास मेटिन्छ
नालापानीमा बगेको वीरका रगत बेकार ठरिन्छ
दुर्तमार्ग र कर्णाली लिलामिको लागि रङ्गमन्चमा उत्रिन्छ
लिपुलेकको दुईतर्फबाट बलात्कार हुन्छ
देशको सत्ता पल्टिन्छ
संविधानको धारा उल्टिन्छ
देशमा द्वन्दको आगो दन्किन्छ
रक्तस्राव सरि रगतको खोलो बग्छ
पर्सिपल्ट
बालुवाटारमा वार्ता हुन्छ
दिल्लिले निर्णय गर्छ
लैनचौरले लाइभ प्रशारण गर्छ
रेडियो नेपालले जनताको जित भन्छ
त्यहीँ सिल्ली नेताको भाषण सुनाउछ
अनि हामी
अर्थात
भेडा जनता खुशियाली मनाउन
ती रितिएका काख काध र सिउदो बिर्सन्छौ
बगेका रक्त खोली सुकाउछौ
गोलि र बारुदमा आवाज बिर्साउने गरि पन्चेबाजा बजाउछौ
अनि चोकको बिजय पुस्तिकामा एक आमा आन्दोलनले खाएको छोराको सम्झनामा
त्यो एक्लो कलमले लेख्छिन
“जनआन्दोलन सफल”!!!

Comments

Popular Posts