म त क्रान्तिकारी मान्छे

वीर गोर्खालीको गाथा गाउछु
देशको नाममा सपथ खान्छु
कालोपानी म्युजियममा हेर्छु
लिपुलेकलाई रङ्ग मन्चमा भेट्छु
म त क्रान्तिकारी मान्छे
शिव र बुद्ध बिच युद्ध छेडाउछु
लिम्बूलाई बाहुनसंग भिडाउछु
पहाड र तराइमा द्वन्द्व फिजाउछु
आमाको कसम खान्छु अर्कि आमाको कोख रित्याउछु
म त क्रान्तिकारी मान्छे
तपाई सोच्नु हुन्छ  फेरी भन्नुहुन्छ,”रगत खोलि बगाउने
दिदिबहिनीको सिउदो नङ्गयाउने
देश टुक्र्याउने
अनि
आफै क्रान्तिकारी बिल्ला भिर्ने अज्ञानि मान्छे”
तपाई गलत हुनुहुन्छ
मैले समाजवादको मोटो किताब पढे
लेनिनको कुरा बुझे
माक्र्सको सिद्धान्त हेरे
मेरो देशको अवस्था देखे
त्यहाँ गलत भनेको रैछ
बल्ल मैले बुझे
वर्गको लडाइ गलत थियो
देशको लागि गरिने लडाई गलत थियो
बरु
जातको लडाइ सहि रहेछ
गरिबको नाममा लडे चाडै रास्ट्रवादी बनिने रहेछ
देशको लागि लडे सधै सहिद भैदो रहेछ
हो
मैले बल्ल बुझे
अब

जातको नाममा
धर्म नाममा
अनि
भुगोलको नाममा
तर
सबैभन्दा पहिले गरिबको नाम लड्छु
देशलाई रक्तिम बनाउछु
इतिहास लेखाउछु
माघ १६ मा मात्र गनिने सहिद हुनबाट जोगिन्छु
सबैको प्रिय रास्ट्र नेताको रुपमा चिनिन्छु
तपाइँ प्रश्न गर्नु हुन्छ”जनताले थाहा पाए के गर्नु हुन्छ?
तपाइँ त् गद्दारमा गनिनुहुन्छ”
म अट्टहास हास्छु
छापाका पत्रकार मेरा,
प्रहरी मेरो
अख्तियार मेरो शुभचिन्तक
अदालतको न्यायधिश मेरो मान्छे
अनि
सबैभन्दा ठुलो पावर मेरो
फेरी तपाइँ सोच्नुहुन्छ”भगवान देखि डर लाग्दैन?”
“लाग्छ”
म भन्छु “त्यहि भएर त् सुरु मै शिव बुद्ध पैगम्बरलाइ युद्धमा पठाएको”
तपाइँ मनमनै हार सुइकार्नु हुन्छ
अनि जितको खुशियालीमा फेरी म
चर्को आवाज निकालेर भन्छु,”म त क्रान्तिकारी मान्छे”

Comments

Popular Posts